• आइतबार-बैशाख-१६-२०८१

नेपाल 'ए' र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको पहिलो खेल आज

 

काठमाडौँ । नेपाल 'ए' र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको पहिलो खेल आज हुने भएको छ ।

 

यसअघि बिहीबार हुने तालिका भएपनि बर्षाका कारण खेल हुन नसकेपछि नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ तालिका सार्बजनिक गरेको थियो । जस अनुसार टी- २० सिरिजको पहिलो खेल आज हुने भएको छ । यो खेल टीयू मैदानमा अपराहन्न १ बजेदेखि हुने क्यानले जानकारी दिएको छ ।

 

नयाँ तालिका अनुसार अब नेपाल 'ए' आयरल्याण्ड वोल्भ्ससँग आज पहिलो ३० मार्चमा दोस्रो र अप्रिल १ मा तेस्रो टी-२० खेल खेल्ने छ । त्यसैगरी अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।
 

 

प्रतिकृया दिनुहोस