• सोमबार-बैशाख-२४-२०८१

इन्डियन प्रिमियर लिग (आईपीएल) : चेन्नईमाथि लखनउको सानदार जित

 

काठमाडौँ । इण्डियन प्रिमिय लिग (आईपीएल) अन्तर्गत लखनउ सुपर जाइन्टले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ ।

 

गएराति सम्पन्न खेलमा लखनउले चेन्नईलाई ६ विकेटले पराजित गरेको हो । चेन्नईले दिएको २११ रनको लक्ष्य पछाएको लखनउले १९.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । लखनउको जितमा मार्कस स्टोइनिसले सानदार ब्याटिंग गर्दै अविजित १२४ रन बनाएका थिए ।

 

यस अघि पहिला ब्याटिंग गरेको चेन्नईले कप्तान रुतुराज गायकवाडको १०८ रनको शतकीय पारीको मद्धतले २० ओभरमा ४ विकेट गुमाएर २१० रन बनाएको थियो ।

 

यो जितपछि लखनउ ८ खेलमा ५ जित र ३ हारसहित १० अंक हासिल गरेर चौथो स्थानमा उक्लिएको छ । त्यसैगरी चेन्नईको भने ८ खेलमा ४ जित र ४ हारसहित ८ अंक रहेको छ र अंक तालिकामा पाँचौं स्थानमा रहेको छ ।
 

 

 

प्रतिकृया दिनुहोस