डेम्बेले र एम्बाप्पेको गोलमा पीएसजी विजयी
काठमाडौँ । फ्रेन्च लिग अन्तर्गत पीएसजीले लोरिएन्टलाई फराकिलो अन्तरले पराजित गरेको छ ।
गएराति सम्पन्न खेलमा पीएसजीले लोरिएन्टलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा ओसमान डेम्बेले र किलीयन एम्बाप्पेले २-२ गोल गरेका थिए । त्यस्तै लोरिएन्टका लागि मोहमद बाम्बाले एक गोल गरेका थिए ।
यो जितपछि पीएसजीले लिग वानमा आफ्नो अग्रता बढाएको छ । ३० खेलमा ६९ अंकसहित पीएसजी शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको मोनाको भन्दा ११ अंकले अगाडि रहेको छ । त्यसैगरी लोरिएन्टको ३० खेलमा २६ अंक रहेको छ र लिगमा १७औं स्थानमा छ ।

प्रतिकृया दिनुहोस