• शनिबार-जेठ-५-२०८१

हवाई उडानको गन्तव्य अचानक किन परिवर्तन गरिन्छ ? 

 

काठमाडौं । हवाई यात्रा गर्दा अचानक गन्तव्य विमानस्थल परिवर्तन गरेर नजिकैको विमानस्थलमा अवतरण गर्नुपरेको खण्डमा यात्रु आत्तिनु स्वभाविक नै हो । अझ मनको त्राससँगसँगै नयाँ विमानस्थलमा आफूलाई पाउनु यात्रुका लागि पीडा र आश्चर्य दुबै विषय हुन सक्छ । सम्बन्धित क्षेत्रका इन्जीनियर तथा दक्ष व्यक्तिहरुको एउटा ठूलो समूहले हवाई यात्रालाई सुरक्षित र आरामदायी बनाउनका लागि हरबखत काम गरिरहेका हुन्छ । तरपनि हवाई यात्रा हो, हावामा जे पनि हुनसक्छ ।

 

हवाई उडानदेखि अवतरणसम्मको अवस्थामा हरेक किसिमको भोग्नुपर्ने परिस्थितिबारे विमानचालक र एटीसी (एयर ट्राफिक कन्ट्रोलर्स) तालिमयुक्त र सचेत रहेका हुन्छन् । कुन परिस्थितिमा कस्तो कदम चाल्ने भन्नेबारे पाइलट र एटीसी तत्पर रहेका हुन्छन् । आपतकालीन अवस्था जुनसुकै समय पनि हुनसक्छ । खराब मौसम, मेडिकल इमर्जेन्सीलगायत विभिन्न अवस्थामा उडानलाई तत्काल परिवर्तन गरी अन्यत्र आकस्मिक अवतरण पनि गर्नुपर्ने हुनसक्छ । 


 हरेक बिहान विमानको उडानपूर्व विमानको जाँच गर्ने र त्यसको परीक्षण प्रतिवेदन पेश गर्नका लागि एउटा टिमले नै सक्रिय रुपमा काम गरिरहेका हुन्छ । यात्रुहरु विमानमा प्रवेश गर्नुपूर्व नै क्याबिनको टिमले सिट, इमर्जेनसी झ्याल तथा ढोका, कम्पार्टमेन्स, पानी, अक्सिजनलगायत अन्य आपतकालीन अवस्थामा चाहिने चिजहरुको परीक्षण र व्यवस्थापन गरेका हुन्छन् । ककपिटमा कोपाइलटले विमानको आन्तरिक परीक्षण गर्छन् भने क्याप्टेनले विमानको बाहिरी परीक्षण, इन्जीन, पंखा, ल्याण्डिङ गियर र इन्धन ट्यांक परीक्षण गर्दछन् । कुनै प्राविधिक समस्या देखिएमा तत्काल परीक्षण गरिन्छ र उडानका लागि उपयुक्त रहेको सुनिश्चितता भएपछि मात्र विमान उडानका लागि तयार गरिन्छ । (प्रायोजित) (साँघु साप्ताहिक, २०८१ वैशाख १७)
 

प्रतिकृया दिनुहोस