• मंगलबार-बैशाख-२५-२०८१

टी–२० विश्वकपका ब्रान्ड एम्बास्डर बने युवराज सिंह

 

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले भारतीय पूर्व क्रिकेटर युवराज सिंहलाई टी–२० विश्वकप क्रिकेटको ब्रान्ड एम्बास्डर बनाएको छ । 

 

टी–२० विश्वकप जुन १ तारिखदेखि २९ सम्म वेस्टइन्डिज र अमेरिकामा आयोजना हुँदै छ । उक्त प्रतियोगिताको प्रचार प्रसारका लागि सिंहलाई ब्रान्ड एम्बास्डर बनाएको हो । 
भारतीय टोलीका पूर्व अलराउन्डर सिंह सन् २००७ को टी–२० विश्वकपमा एकै ओभरमा ६ छक्का प्रहार गरेर कीर्तिमान कायम गरेका थिए भने पहिलो विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।  

 

ईइसीसीले ब्रान्ड एम्बास्डर बनाएपछि सिंहले टी–२० विश्वकप क्रिकेटमा जोडिन पाउँनु नै सम्मानको कुरा भएको बताएका छन् । टी २० विश्वकपमा नेपालले पनि खेल्दै छ । नेपाल समूह डीमा रहेको छ ।
 

 

प्रतिकृया दिनुहोस