• शनिबार-असार-२१-२०८२

पैताला दुख्ने समस्या के हो ? 

 

हिँडडुल गर्नका लागि खुट्टा स्वस्थ हुनुपर्दछ । तर कतिपय मानिसहरु हिँड्डुल गर्दा पैताला तथा खुट्टाको पञ्जा दुखेको महसुस गर्ने गर्दछन् । यो समस्या किन हुन्छ र कसरी समाधान गर्ने उपाय जानौं : 


धेरै पैदल यात्रा गर्ने, हड्डीसँग सम्बन्धित समस्या, मधुमेह, शारीरिक श्रम, मर्किनु, चोटपकट लाग्नु इत्यादि कारणले पैताला दुखाईको समस्या सिर्जना हुनसक्छ । 


–बेसारको पेस्ट बनाएर खुट्टा मालिस गर्न सकेमा दुखाई कम हुन सक्छ । बेसारमा एन्टीइन्फ्लामेटरी गुण हुने गर्दछ । 


–खुट्टालाई पानीमा भिजाएर राख्न सकिन्छ । अझ मनतातो पानी त्यसमा पनि २ चम्चा नुन राखेर खुट्टालाई भिजाउन सकिन्छ । 


– खुट्टालाई स्टे«च गरेर अभ्यास गर्न सकिन्छ । यसले रक्तसंचार राम्रो बनाई शरीरको दुखाई कम गर्न मद्दत गर्दछ । 


– खुट्टाको पैतालाको मालिस गर्न सकिन्छ । यसका लागि नरिवल वा तोरीको तेल प्रयोग गर्न सकिन्छ । 


–अधिक हिँडाई र कार्यबोझका कारण पनि खुट्टाको पैतलाको दुखाई हुनसक्छ । यस्तो अवस्थामा आराम गर्नु उपयुक्त मानिन्छ । (साँघु साप्ताहिक, २०८१ जेठ २१)

प्रतिकृया दिनुहोस