• बुधबार-कार्तिक-७-२०८१

तनाव कम गर्ने यी घरेलु चिज

 

खराब जीवनशैली र कामको अधिक बोझका कारण मानिसहरु तनावमा परिरहेका छन् । यस्तोमा तनाव कम गर्नका लागि घरेलु पेयपदार्थहरु सेवन गर्न सकिन्छ :


–तनाव कम गर्नका लागि अदुवाको चिया सेवन गर्न सकिन्छ । अदुवामा एन्टीअक्सिडेन्ट गुण हुन्छ, जसले तनाव कम गर्न मद्दत गर्दछ । साथै, यसले पाचन पनि राम्रो बनाउन मद्दत गर्दछ । 


–तनाव कम गर्नका लागि ग्रिन टी सेवन गर्न सकिन्छ । यसले मानसिक तथा शारीरिक दुबै स्वास्थ्य राम्रो बनाउँछ । 


–तनाव कम गर्नका लागि अश्वगन्धाको चिया पनि पिउन सकिन्छ । यसले अनिद्राको समस्या हटाउन मद्दत गर्दछ । 


–अमिला जुसहरुको सेवन पनि तनाव कम गर्न मद्दतगार हुन्छन् । सुन्तला र अंगुरका जुसहरु पिउन सकिन्छ ।


–तनाव कम गर्नका लागि लस्सी पिउन सकिन्छ । लस्सीमा माइक्रोब्याक्टेरियल गुण हुन्छ, जसले तनाव कम गर्न मद्दत गर्दछ । (साँघु साप्ताहिक, २०८१ असार १७)
 

प्रतिकृया दिनुहोस