• शुक्रबार-बैशाख-१९-२०८२

नवनियुक्त ऊर्जा राज्यमन्त्री गर्बुजाले आज शपथ ग्रहण गर्दै

 

काठमाडौँ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् । 

 

शुक्रबार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । गत बैशाख १७ गते उनलाई प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्री नियुक्त गरेका थिए ।


प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीबाट बर्खास्त गरेसँगै ऊर्जा राज्यमन्त्री पद रिक्त पदमा उनलाई नियुक्त गरिएको थियो ।
 

 

प्रतिकृया दिनुहोस