• शुक्रबार-जेठ-१६-२०८२

सेती नदीमा डुबेका युवराज वि.क.को शव फेला

पोखरा, बैशाख २२ – पोखरा महानगरपालिका–१४ खाल्टेमसिनास्थित सेती नदीमा पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका एक युवकको शव सशस्त्र प्रहरीले फेला पारेको छ।बाग्लुङ जिल्लाको निसिखोला गाउँपालिका–३ घर भइ हाल पोखरा महानगरपालिका मझेरीपाटनमा बसोबास गर्दै आएका १८ वर्षीय युवराज वि.क. सेती नदीमा पौडी खेल्ने क्रममा दिउँसो २ः०० बजे डुबेर बेपत्ता भएका थिए।

 

घटनाको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल, नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक भोला श्रेष्ठको कमाण्डमा खटिएको गोताखोरसहितको टोली परिचालित भएको थियो।

 

टोलीले करिब डेढ घन्टाको प्रयासपछि घटनास्थल नजिकैको अन्दाजी १८ फिट गहिरो भागबाट वि.क.को शव फेला पारेको हो।

 

घटनास्थलमा सुरक्षा निकायसँगै स्थानीयवासी र आफन्तजनको भीड लागेको थियो। प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिकृया दिनुहोस