• शुक्रबार-बैशाख-२६-२०८२

मिश्र र प्रसाईं थप ५ दिन हिरासतमा बस्नु पर्ने

 

काठमाडौं, २५ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र र बिबादस्पद मेडिकल ब्यावसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा बस्नु पर्ने भएको छ ।

 

जिल्ला अदालत काठमाडौँकी न्यायधस मोना सिंहको इजालसले मिश्रविरुद्ध सातौँ पटक राज्य विरुद्धको कसुरमा म्याद थप गरेको हो ।

 

मिश्र र प्रसाईंलाई पछिल्लोपटक वैशाख २१ गते म्याद थप गरिएकोमा थप अनुसन्धान गर्न पर्ने भएकाले म्याद थपका लागि प्रहरीले आज अदालतमा उपस्थित गराएको थियो ।

 

गत चैत १५ गते भएको तीनकुने घटनामा दोषी भएको भन्दै सोही राति मिश्रलाई र प्रसाईंलाई भने एक साता पछि भारतबाट पक्राउ गरेर ल्याएको थियो ।


 

प्रतिकृया दिनुहोस