• शुक्रबार-बैशाख-२६-२०८२

अमेरिकाले आफ्ना नागरिकलाई भन्यो, ‘सकेसम्म लाहौर छाडनु, नसके सुरक्षित ठाउँमा बस्नु'

 

काठमाडौं, २५ बैशाख । भारतले गत ७ मे राति गरेको ‘अपरेशन सिन्दूर’ पछि पाकिस्तानमा यतिखेर आतंक फैलिएको छ । 

 

त्यसको जवाफमा बिहीबार पाकिस्तानी सेनाले श्रीनगर, जम्मू र अमृतसर, जालन्धर र पञ्जाबको लुधियानामा ड्रोन र मिसाइलहरू मार्फत आक्रमण गर्ने प्रयास गरेको थियो भने आज बिहान भारतीय सशस्त्र बलले पाकिस्तानका धेरै स्थानहरूमा वायु रक्षा रडार र प्रणालीहरूलाई निशाना बनाएको थियो ।

 

भारत पाकिस्तान बिचको बढदो तनाव पछि अमेरिकाले पाकिस्तानमा रहेका आफ्ना नागरिकका लागि एडभाइजरी जारी गरेको छ ।

 

अमेरिकाले लेखेको छ, ‘ड्रोन विस्फोट, ड्रोन खसालेको र लाहोर र वरपरको हवाई क्षेत्रमा सम्भावित घुसपैठको रिपोर्टका कारण लाहोरस्थित अमेरिकी महावाणिज्य दूतावासले सबै कन्सुलर कर्मचारीहरूलाई खाली गर्नुहोला ।’

 

अमेरिकाको वाणिज्य दूतावासले प्रारम्भिक रिपोर्टहरू पनि प्राप्त गरेको छ कि अधिकारीहरूले लाहोरको मुख्य एयरपोर्टको छेउमा रहेका केही क्षेत्रहरू खाली गर्न सक्छन्। सम्भव भएसम्म अमेरिकी नागरिकले पाकिस्तान छोड्न सल्लाह दिइएको छ । यदि यो छोड्न सुरक्षित छैन भने सुरक्षित स्थानहरूमा बस्न भन्दै अमेरिकाले एडभाइजरी जारी गरेको हो ।
 

 

प्रतिकृया दिनुहोस