काठमाडौं, २५ बैशाख । मन्त्रिपरिषद बैठक सुरू भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा झन्डै तीन घन्टा ढिलो गरी मन्त्रिपरिषद बैठक सुरू भएको हो ।
साँझ ५ः०० बजेको बोलाइएको मन्त्रिपरिषद बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर चयन गर्ने सम्भावना रहेको बुझिएको छ । सो अघि बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटबार्ता भएको थियो ।
सो भेटबार्तामा एमालेबाट उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेल र संक्रमणकालीन न्याय सल्लाहकार अग्निप्रसाद खरेल तथा गृह मन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री आरजु राणालगायतको उपस्थित थियो ।
नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त हुने सम्भावना रहेको भनिएको मन्त्रिपरिषद बैठक अघि यो भेट भएको हो ।
प्रतिकृया दिनुहोस