धनुषामा २०८२ वैशाख २२ गते विवाद, २३ गते कुटाकुट, पर्वतमा २५ वैशाखमा झडप(धनुषा र पर्वतका घाइतेहरू)
काठमाडौं, वैशाख २६ । नेकपा एमालेको ‘क्याडर उत्पादन केन्द्र’ मानिने दुई मुख्य संगठन—युवा संघ नेपाल र अनेरास्ववियुमा गुटगत किचलो चुलिंदै जाँदा अहिले भौतिक झडपकाे रूप लिँदै गएको छ। धनुषादेखि पर्वत, ताप्लेजुङ हुँदै अखिलको केन्द्रीय तहसम्म फैलिएको विवादले एमालेको संगठनात्मक स्वास्थ्यबारे गम्भीर प्रश्न उठाएको छ।
🔥 धनुषाबाट सुरु भएको आगो... पर्वतमा सल्कियो
धनुषामा २०८२ वैशाख २२ गते विवाद, वैशाख २३ गते कुटाकुट-नेता नै कार्यकर्ता उचाल्दै भिडन्तमा उत्रिँदा जिल्ला अधिवेशन अनिश्चित बनेको छ। रघुवीर महासेठ, राजकिशोर यादव र उमाशंकर अरगरियाको त्रिकोणीय गुट समीकरणले स्थिति बेकाबु बनाएको हो।
📌 साइडबारः ‘गुट गन्थनको ग्राफ’
स्थान
टकरावको स्वरूप
मुख्य पक्षधरहरू
धनुषा
झडप/कुटाकुट
महासेठ समूह vs यादव–अरगरिया समूह
पर्वत
झडप/विरोध
तिमिल्सिना समूह vs गिरी समूह
ताप्लेजुङ
वैचारिक किचलो
योगेश भट्टराई समर्थक vs विरोधी समूह
अखिल
उमेर हद विवाद
शंकर पोखरेल पक्ष vs घर्ती–रोकाया पक्ष
पर्वतमा पनि २५ वैशाखमा झडप भयो। तिमिल्सिना र गिरीको समूहगत टकराव यति गहिरो छ कि प्रदेश कमिटी र जिल्ला कमिटी पनि दुई ध्रुवमा छन्। उपचाररत अर्जुन पौडेल जस्तै घाइते धेरै छन्-शारीरिक मात्र होइन, संगठनात्मक रूपमा पनि।
📍 संगठनको गहिरिँदो गुटबन्दी : नेतृत्व नै प्रमोटर ?
धेरैले यी कुटाकुटलाई कार्यकर्ताको असहमति होइन, नेतृत्वकै योजनाबद्ध प्रतिस्पर्धाको परिणति मानेका छन्। एमालेभित्रको गुटबन्दी अब तल्लो तहका संगठनमै झरेको छ, जहाँ ‘फिजिकल कन्फ्लिक्ट’ नेतृत्वको ‘पोलिटिकल डिजाइन’ बन्न थालेको देखिन्छ।
युवा संघमा कुटाकुट चलिरहँदा अनेरास्ववियु (अखिल) भित्र ‘उमेर हद’को बहसले तनाव बढाएको छ। महासचिव शंकर पोखरेलसहितको पंक्ति उमेर हद लागू गर्न चाहन्छ, जबकि अध्यक्षको दाबीमा रहेका नारायण घर्ती र महासचिव नरेश रोकाया हद हटाउन चाहन्छन्।
“४ सयभन्दा बढी नेता बाहिरिन्छन् भन्ने तर्क, सैद्धान्तिक बहस हो कि सत्ताका आकांक्षीहरूको सुरक्षा कवच?” विश्लेषकको यही प्रश्न हो।
🧭 संकेत के हो ?
गुटीय भिडन्त केवल संगठनात्मक समस्या होइन, नेतृत्व चयनको पूर्वलडाइँ हो ।
अखिलमा हुने अधिवेशनले भविष्यको नेतृत्व को? भन्ने प्रश्नको उत्तर दिनेछ।
माओवादीले उमेर हद लगाएर चुनाव गरिसकेको दबाब अब एमालेमा पनि बढ्दैछ।
🔍 निष्कर्ष : अधिवेशनमै असर ?
विवाद जति गहिरिँदै जान्छ, त्यसले आगामी जिल्ला सम्मेलन, महाधिवेशन र राष्ट्रिय रणनीतिमा असर गर्न सक्छ। पार्टीको आधारमै किचलो हुँदा सुदृढ संगठन होइन, बिवादीत बृत्त तयार हुन थाल्छ।
प्रतिकृया दिनुहोस