• शुक्रबार-बैशाख-२६-२०८२

सशस्त्र प्रहरीले गर्‍यो Man of the World प्रतिनिधिको विशेष बिदाई


काठमाडौं, वैशाख २६ । नेपालका स्मार्ट, आत्मविश्वासी र सामाजिक अभियानमा अग्रसर युवाहरुले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा भाग लिन थालेको दशक पुग्दैछ।

यसैबीच, फिलिपिन्समा आगामी मे २३ देखि ३१ सम्म आयोजना हुने "Man of the World–2025" प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न लागेका आयुष दुलाललाई २०८२ वेशाख २६ गते शुक्रबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विशेष बिदाई गरे।

 

प्रधान कार्यालयमा आयोजित कार्यक्रममा महानिरीक्षक अर्यालले आयुषलाई “Letter of Appreciation” प्रदान गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम उजागर गर्न शुभकामना दिएका थिए।  महानिरीक्षक अर्यालले भने, "तपाईंको प्रस्तुति नेपालका युवाहरूको आवाज र क्षमताको परिचायक बन्न सकोस् !"

 

✨ को हुन् आयुष दुलाल?


युवा मोडल तथा सामाजिक अभियन्ता आयुष हालसम्म थुप्रै राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी भइसकेका छन्। "Man of the World" मा सहभागितासँगै उनले “Advocacy through pageantry” को भावना लिएर अन्तर्राष्ट्रियस्तरमा शिक्षा, संस्कृति र नेतृत्व विकासको सन्देश फैलाउने लक्ष्य राखेका छन्।

 

"म केवल र्याम्पमा हिड्न होइन, नेपाली पहिचान बोकेर अन्तर्राष्ट्रिय समुदायमा संवाद गर्न जाँदैछु,"-आयुषको भनाइ।

 

🌍 Man of the World: सौन्दर्य मात्र होइन, उद्देश्य पनि


यो प्रतियोगिता केवल फेशन वा लुक्सको प्रतिस्पर्धा होइन, शिक्षा, सामाजिक नेतृत्व र सकारात्मक पुरुष छवि निर्माणको अभियान हो । यो प्रतियोगितामा नेपालले अघिल्ला संस्करणमा राम्रो छवि बनाएको छ, र यस वर्ष पनि आशा छ-“Ayush will

प्रतिकृया दिनुहोस