काठमाडौँ, २६ वैशाख : पत्रकार गोपाल झापालीको कथा सङ्ग्रह ‘हिजाब’ सार्वजनिक भएको छ । भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको उक्त कथा सङ्ग्रह आजदेखि बजारमा आएको हो ।
कथा सङ्ग्रहको भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल तथा मन्त्रालयका सचिव केशवकुमार शर्माले संयुक्त रुपमा विमोचन गर्नुभयो । दुई सय ४२ पृष्ठको सङ्ग्रहमा लामा तथा छोटा गरी २१ कथाहरू समेटिएका छन् ।
केही कथा स्वैरकल्पनाका आधारमा लेखिएको कथाकार झापालीले बताउनुभयो । विभिन्न कालखण्डमा लेखिएका कथा तथा लघुकथा समेटेर सङ्ग्रह प्रकाशन गरिएको उहाँले जानकारी दिनुभयो । विगत दुई दशक बढी समयदेखि विभिन्न छापा तथा विद्युतीय माध्यममा सञ्चार कर्म गर्दै आउनुभएका झापालीका कथा, निबन्ध तथा अन्य फुटकर रचनाहरू प्रकाशन हुँदै आएका छन् ।
---
प्रतिकृया दिनुहोस