• आइतबार-जेठ-११-२०८२

लिचीको सेवनमा सर्तकता जरूरी : मीठो फलले पुर्‍याउन सक्छ गम्भीर हानि

 

काठमाडौं, १० जेठ । ग्रीष्मकालीन फल लिचीको स्वाद निकै मिठो हुन्छ । त्यसैले सबै उमेरका मानिसहरूले यसलाई धेरै मन पराउँछन् । उत्कृष्ट स्वादका साथै यसमा पौष्टिक तत्व पनि प्रशस्त पाइन्छ । लिची जस्ता मीठो फलहरूमा भिटामिन सी, पोटासियम, कपर, फाइबर र एन्टिअक्सिडेन्ट जस्ता धेरै तत्वहरू हुन्छन्। तर, यो वयस्कको तुलनामा बालबालिकालाई बढी मनपर्ने गर्छ । 

 

दक्षिण एसियामा एउटा मिथक छ कि फलफूल हरेक हिसाबले स्वास्थ्यको लागि वरदान हो तर यो आवश्यक पनि छैन । लिचीका फाइदा भए पनि यसका धेरै बेफाइदा पनि छन् । स्वादका कारण लिची बढी खाने गरेको पाइएको छ तर यसले हानी पनि गर्न सक्छ भन्ने कुरा ख्याल गर्नु पर्छ । त्यसैले यो खाने बेलामा उनीहरुले एकै पटक कति लिची खाने भन्ने जान्न जरूरी छ । 

 

लिचीमा करिब ८२ प्रतिशत पानी हुन्छ, जसका कारण यसले डिहाइड्रेसनको समस्या कम गर्छ तर पनि लिचीलाई सधैं पानीमा भिजाएर खानुपर्छ । अन्यथा तपाईको स्वास्थ्यमा हानि हुन सक्छ । त्यसोभए जानौं कि यसलाई धेरै मात्रामा खाँदा हानिकारक हुन सक्छ ।


मोटोपना बढ्ने - लिचीमा फाइबर र सोडियम जस्ता धेरै पोषक तत्वहरू पाइने भएता पनि यसमा चिनीको मात्रा उच्च हुन्छ, जसका कारण बढी मात्रामा खाँदा पेटको बोसो बढ्छ र मोटोपनाको कारण बन्छ ।

 

एलर्जी हुनेले नखाने - यदि तपाईंलाई पहिल्यै एलर्जी छ भने लिची नखानुहोस् किनकी यस्तो अवस्थामा लिची खाँदा छालामा दाग र चिलाउने सम्भावना हुन्छ । लिची खाए पछि छालामा अलिकति पनि परिवर्तन देखिएमा तत्काल उपचार गर्नु पर्छ र खानु अघि विज्ञको राय लिनुपर्ने विज्ञहरू बताउँछन् ।

 

कमरक्तचापवालाले धेरै नखाने - रिपोर्टका अनुसार यदि कोही लो ब्लड प्रेसरको बिरामी हुनुहुन्छ भने उसले लिची खानु हुँदैन। विज्ञको सल्लाहमा यस्ता व्यक्तिले दिनमा ४–५ वटा मात्र लिची खानुपर्छ । बढी लिची खाँदा रक्तचाप कम हुन्छ ।

 

पाचन प्रणाली बिग्रन सक्ने - लिचीका धेरै फाइदाहरू भए पनि धेरै लिची खानु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । धेरै मात्रामा लिची खाँदा कब्जियत, एसिडिटी र अपचजस्ता पेटसम्बन्धी समस्याहरू निम्त्याउन सक्छ, जसले पाचन प्रणालीलाई कमजोर बनाउँछ ।

 

त्यसैले लिची खाँदा केही कुरा अपनाउन जरूरी छ । जस्तो कि लिची खानुअघि २–३ घण्टा पानीमा भिजाएर राख्नुपर्छ, यसले लिचीको प्रभावलाई केही हदसम्म कम गर्छ र यसले स्वास्थ्यलाई पनि हानि गर्दैन । र, बुझ्नु पर्ने कुरा एक दिनमा १० देखि १२ भन्दा बढी लिची कहिल्यै खानु हुँदैन ।
 

 

 

प्रतिकृया दिनुहोस