• शनिबार-जेठ-१०-२०८२

भिजिट भिषामा संलग्नता पुष्टि भए राजनीतिबाट सन्यास लिन्छु : गृहमन्त्री

 

काठमाडौं । भिजिट भिषा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले आज बल्ल टिप्पणी गरेका छन् । शनिबार नेपाली कांग्रेस धनुषा जिल्ला कार्यसमितिले पिपडियामाईस्थानस्थित पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा लेखकले सो प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको जिकिरसमेत गरेका छन । उनले यो पनि भने कि भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता पुष्टि भएमा राजनीतिबाट नै सन्यास लिने पनि घोषणा गरे ।

 

‘केही दिनदेखि भिजिट भिसासँग जोडेर मेरो बारेमा सामाजिक सञ्जालमा लेख्ने काम भइरहेको छ । यो कहाँबाट, कसरी, किन भइरहेको छ भन्ने खोजीराखेको थिएँ,’ उनले भने, ‘यो विषयमा मैले धेरै कुरा थाहा पाइसकेको छु, आजै काठमाडौँ गइसके पछि गृह मन्त्रालयले विज्ञप्ति निकाल्छ । दुई चार दिनमा आफैँ पनि केही कुरा बोल्छु ।’ गृहमन्त्री लेखकले आफ्नो कारणले कांग्रेसको शिर झुक्न नदिने उल्लेख गरेका छन ।
 

प्रतिकृया दिनुहोस