• बिहीबार-असार-५-२०८२

शौचालय जाने क्रममा सर्पले डसेर १३ वर्षीय किशोरको मृ त्यु


अमरगढी (डडेल्धुरा), ५ असार : परशुराम नगरपालिका–७ सादनी निवासी १३ वर्षीय किशोर प्रकाश भट्टको सर्पले डसेर मृत्यु भएको छ । 

 

जोगबुडास्थित इलाका प्रहरी कार्यालयका  प्रमुख सुरेश रोकायाका अनुसार आज बिहान शौचालय गएका उनलाई सर्पले डसेको हो । तत्काल अस्पताल पु¥याइएका निजको उपचारका क्रममा मृत्यु भएको हो । उनी स्थानीय शिवशङ्कर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत हुनुहुन्थ्यो । 
–––

 

 

प्रतिकृया दिनुहोस