• मंगलबार-श्रावण-१३-२०८२

एनआईसी एशिया र शान्ति सैलुनबीच छुट सम्झौता

काठमाडौं, साउन ११ । एनआईसी एशिया बैंक लिमिटेड र लिजा इन्टरप्राइजेज प्रा.लि.बीच एक विशेष सम्झौता सम्पन्न भएको छ, जसअनुसार एनआईसी एशिया बैंकका ग्राहकहरूले हेयर एण्ड शान्ति युनिसेक्स सैलुनमा सेवा लिँदा १० प्रतिशत छुट पाउने भएका छन्।

बैंकले जारी गरेको विज्ञप्तिअनुसार, देशभरका विभिन्न स्थानमा रहेका हेयर एण्ड शान्ति युनिसेक्स सैलुनका शाखाहरूबाट सेवा लिएर डिजिटल भुक्तानी गर्दा ग्राहकले छुट सुविधा प्राप्त गर्न सक्नेछन्।

कहाँ–कहाँबाट पाउन सकिन्छ छुट ?
ग्राहकहरूले निम्न स्थानमा रहेका सैलुन शाखाहरूबाट यो सुविधा उपभोग गर्न सक्नेछन्:

नक्साल – भाटभटेनी सुपरमार्केट

नयाँ बानेश्वर – आईप्लेक्स मल

ठमेल – छायाँ सेन्टर

जावलाखेल – मिनिसो बिल्डिङ

कमलादी – सिद्धार्थ कम्प्लेक्स

सामाखुसी – सिटी स्वायर सेन्टर

महाराजगन्ज – भाटभटेनी सुपरमार्केट

हेटौंडा – भाटभटेनी सुपरमार्केट, गणेश बिल्डिङ

नारायणघाट – जोशी भवन

वीरगन्ज – रुङ्टा मल

छुट पाउनका लागि के गर्नुपर्छ ?
ग्राहकहरूले छुट पाउनका लागि निम्न विकल्पहरू प्रयोग गरेर डिजिटल भुक्तानी गर्नुपर्नेछ:

एनआईसी एशिया बैंकको डेबिट कार्ड

क्रेडिट कार्ड

प्रिपेड कार्ड

MoBank मोबाइल बैंकिङ एप

डिजिटल भुक्तानी प्रवर्द्धनमा सहकार्य

लिजा  इन्टरप्राइजेजसँगको सहकार्यले ग्राहकहरूलाई सस्तो मूल्यमा गुणस्तरीय सेवा प्राप्त गर्ने अवसर मात्र प्रदान नगरी, डिजिटल भुक्तानी प्रणालीको विस्तार र प्रयोगलाई पनि प्रोत्साहित गर्ने बैंकको विश्वास छ।

एनआईसी एशिया बैंकले यस्ता सहकार्यलाई ग्राहकमैत्री सेवा विस्तारको निरन्तर प्रक्रिया मानेको छ। निकट भविष्यमा अन्य क्षेत्रका सेवासँग पनि यस्ता छुट सुविधा ल्याउने योजनाबारे समेत बैंकले संकेत गरेको छ।

प्रतिकृया दिनुहोस