• मंगलबार-श्रावण-१३-२०८२

बागमती प्रदेशको संसदीय दलको नेता चयन गर्न बैठक बस्दै

 

हेटाैडा, १३ साउन । नेपाली कांग्रेस बागमती संसदीय दलको बैठक बस्दैछ ।

 

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर लामा माथि आफ्नै पार्टी नेपाली कांग्रेसका प्रदेश सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरे पछि सो बारेमा निर्णय लिन बैठक बस्न लागेको हो । प्रदेश राजधानी हेटौडामा बिहान १० बजे सो बैठक बस्नेछ ।

 

अनौपचारिक छलफलबाट संसदीय दलको नेता चयनका विषयमा केन्द्रीय प्रतिनिधिले सांसदहरूबीच सहमति जुटाउन हिजो दिनभर र राति अबेरसम्म प्रयास गरे पनि नसकेपछि आज १० बजेका लागि पुनः बैठक बोलाइएको हो ।

 

बागमती प्रदेशमा नेपाली कांग्रेसको तर्फबाट ३७ जना सांसद छन्, जसमध्ये २३ जनाले अविश्वासको प्रस्ताव राखेका छन् ।

 

 

प्रतिकृया दिनुहोस