• मंगलबार-श्रावण-२७-२०८२

अर्थात जेमन्त : शरदराज गौतम

 

निर्लज्जता यदि शासकीय विधि मानिने हो भने,
मुलुकले यसको श्रीपेच पहिरिएको भन्न मिल्छ ।
मुलुकको शासकीय प्रचलनमा भेटिएका सीमाहीन निर्लज्जता
शासकहरुको शिरमा पहिरिने श्रीपेच हो ।
त्यसलाई लिएर अन्यथा तर्क दिइरहन पर्ने नै होइन ।
फोहोरमा बस्नेहरुसित फोहोरको निर्लज्जता हुन्न, प्राकृत हो ।
तिनको ‘कम्फर्ट जोन’ केबल फोहोर मात्रै हुन्छ ।
यतिखेर मुलुकको शासकीय बन्दोबस्त कम्फोर्ट जोनमा छ ।
किनकि निर्लज्जता उसको विधिको मानक हो ।
गोबरको डल्लो धकेली रहने गोब्रे किराको कम्फोर्ट जोन 
त्यै डल्लो गोबर मात्रै हो, अर्थोक होइन ।
यतिखेर मुलुकका हरेक शासकीय विधिसित
तमासा मात्र जोडिन थालेको छ ।
खैनी रन्कोमा  मिल्ने खुसी जस्तो
मुलुकका शासकीय तमासाहरु खैनी रन्को हुन ।
ओंठको भित्री भाग चरक्क पार्छ, खुसी मिल्छ ।
खासमा शासकीय तमासाहरु
मुलुका सारा प्रबन्धहरुलाई अप्रमाणित गर्न खोज्दाछन् ।
संविधान, थिति बसाल्न सक्ने कानूनहरु र नियम
र, सामाजिक सम्बन्धहरु ठिकठाक राख्ने प्रचलनहरु
सबका सब तमासामा परिणत भई राखेका छन् ।
बलेसीमा झर्ने पानीले घोप्टिएको घैंटो नचिने झै
सरकारलाई पुलिस र निजी सचिवालय बाहेक
अरुले चिन्दैन ।
पुलिस किन चिन्छ भने ऊ मातहतको फोर्स हो ।
निजी सचिवालय, भतुवा ग्या¨का आफन्त ।
जसले जतिसुकै भट्याओस्, कि
हेलिकोप्टरबाट देखिने मधेशको खडेरीमा
डिप बोरिङले धान रोपिन्न ।
यस्तो बोलीलाई मधेशतिर बिल्टौवा बोली भनिन्छ ।
ठेगान नभएको मान्छे ।
अब तपार्इंसित सरकार चलाउने बिल्टौवा हुन्छ भने
विरोध गरिरहन नै पर्दैन ।
फोहोरलाई कम्फर्ट जोन मान्नेसित किन दोहोरो हुनु । 
सुख्खा देख्नलाई हेलिकोप्टरको शयर गर्नै पर्दैन ।
कुनै ताका मुलुकका प्रधानमन्त्री सीमान्तकृत विपन्नकोमा
रात बिताउँथे ।
नीतिगत परिवर्तन गर्न नसक्नेहरु फाटेको भोटो हेरेर
आप्mनो बौद्धिक दरिद्रता लुकाउँथे ।
अहिले हेलिकोप्टरबाट देखिने मधेशको सुख्खा हेर्दै
प्रधानमन्त्री आप्mनो मानसिक दरिद्रता लुकाउंछन् ।
मध्य झरिमा सरकार जन्ती जाने जस्तो गरि ठाँटिएर हिंडेको छ ।
तमासा देखाउनु शासकीय होसियारी हुनै सक्तैन ।
विकासशील राष्ट्रको हैसियत मिल्छ भने पनि
सरकारले देखाएको तमासाका कारण मान्नु हुन्न ।
विश्व बैंकका स्थानीय प्रतिनिधिको प्रोफाइल काम मात्र हो ।
नत्र, वातावरणीय जोखिम कम गर्न
सरकारले सुको खर्चेको देखिन्न ।
संक्रमणकालीन रणनीतिले खोजेको आधारभूत व्यवस्थापनको लागि
बजेटमा दोटा शब्द पनि लेखेको भेटिन्न ।
र, पनि, कोई धक्कु मात्रै लाइ बस्छ भने 
मुलुक निरपेक्ष अप्रमाणित हुन खोजिरहेको बुझ्नु पर्दछ ।
न्यूनतम आधारभूत नैतिक सम्मान पनि दिन नसक्ने
हरेक प्रसं¨मा अप्रमाणित मुलुक 
रेमिन्ट्यान्स भिœयाइ दिन 
कोही किन देशमा बसिरहोस् ।
देशमा बस्न त शहीद हुने हिम्मत चाहिन्छ । (साँघु साप्ताहिक, २०८२ साउन १९)

 

प्रतिकृया दिनुहोस