• मंगलबार-श्रावण-२७-२०८२

'कुली' फिल्म हेर्न सिंगापुरको एक कम्पनीले दियो कर्मचारीलाई बिदा, साथमा ३० डलर

 

मुम्बई, २७ साउन । सामाजिक सञ्जालमा एउटा तस्विर भाइरल भइरहेको छ । सिंगापुरको एउटा फर्मले फिल्म ‘कुली’ हेर्ने आफ्ना कर्मचारीलाई तलब विदा दिने घोषणा गरेको बताइएको छ ।

 

फर्मले आफ्ना तमिल कर्मचारीहरूलाई पहिलो शो हेर्न टिकट दिने घोषणा गरेको छ । यति मात्र होइन, उनले खाना र पेय पदार्थमा खर्च गर्नका लागि ३० सिंगापुर डलर पनि दिनेछन् ।

सोसल मिडिया प्लेटफर्म एक्समामा एउटा तस्विर भाइरल भएको छ । मानिसहरूले यसलाई धेरै कमेन्ट र लाइक गरिरहेका छन्। चलचित्रको एल्बम केही दिन अघि रिलिज भएको थियो । 

 

यसमा ‘कुली डिस्को’, ‘चिकितु’, ‘उइरनादी नानबने’, ‘आई एम द डेन्जर’, ‘कोक्की’, ‘पावरहाउस’, ‘मोबस्ता’ जस्ता गीत छन् ।

 

‘कुली’बाट जनताले धेरै अपेक्षा गरेका छन् । यो धेरै देशमा रिलिज हुने तमिल फिल्म पनि रहेको बताइएको छ । लोकेश कनकराजको एक्सन इन्टरटेनर फिल्म अगस्ट १४ मा हलमा रिलिज हुँदैछ ।

प्रतिकृया दिनुहोस