• मंगलबार-श्रावण-२७-२०८२

तामाकोशीमा बगेर वृद्ध बेपत्ता, खोजी जारी


रामेछाप । मन्थली नगरपालिका–७ भुटौली नजिकै ठेडखोला किनारबाट तामाकोशी नदीमा बगरे एक वृद्ध बेपत्ता भएका छन् । 


भटौलीको मुगिटारका ७६ वर्षीय श्रीवंश कँडेल मंगलबार बिहान तामाकोशी नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका हुन् ।  बिहान १० बजे तिर घरबाट नुहाउन भनी निस्किएका कँडेल बगेर बेपत्ता भएका स्थानीय पाण्डव प्रसाईँले जानकारी दिए । 


बिहान नदीमा नुहाएर घर गएका प्रसाईँ पुनः खाना खाएर नदीमा गएका थिए । नदी किनारमा लुगा खोलेर नुहाउन पसेका प्रसाईँ बगेर बेपत्ता भएका हुन् । ‘नदीको पानीमा अलि तलसम्म हात हल्लाएको एक जनाले देखेका रहेछन्,’ उनले भने । 


घटनाको बारेमा बिहान १०ः३० बजेतिर जानकारी आउने बित्तिकै घटनास्थलमा पुगी नेपाल प्रहरी र सशस्त्र प्रहरी खोजीमा जुटेको रामेछापका प्रहरी प्रवक्ता कौशल न्यौपानेले जानकारी दिए । स्थानीय र प्रहरी खोजी गरिरहेका छन् । 


वर्षाको भेलका कारण खोजी कार्यमा समस्या भएको न्यौपानेले बताए । ’कोशीमा भेल छ, खोजी कार्य निक्कै कठिन छ, तरपनि घटना भएको स्थल नजिकै र नदीका अन्य भागमा पनि तालिम प्राप्त टोलीले खोजिराखेको छ’, उनले भने ।

प्रतिकृया दिनुहोस