• शुक्रबार-श्रावण-३०-२०८२

चीनको नागरिक उड्डयन उद्योगमा नयाँ रेकर्ड


एजेन्सी । चीनको नागरिक उड्डयन उद्योगको स्तर नयाँ उचाइमा पुगेको छ । पहिलो अर्धवार्षिक समीक्षा अनुसार नागरिक उड्डयन उद्योगले ठूलो प्रगति गरेको छ । 


चीनको नागरिक उड्डयन प्रशासनको नयाँ जानकारी अनुसार देशको नागरिक उड्डयन क्षेत्रले वर्षको पहिलो छ महिनामा नयाँ रेकर्ड कायम गरेको हो । जसमा गत वर्षको तुलनामा यात्रुको संख्यामा समेत वृद्धि भएको देखिन्छ ।


प्राप्त तथ्याकं अनुसार ३७ करोडले यात्रा गरेको साथै लगभग ४८ लाख टन कार्गो र मेल ढुवानी गरेको छ । जुन वार्षिक लगभग १५ प्रतिशतले वृद्धि हो । 


देशले जनवरीदेखि जुनसम्म अन्तर्राष्ट्रिय यात्रु उडानहरूको लागि १२३ हवाई मार्गहरू पनि थपेको छ । जसले गर्दा ट्राफिकमा वर्ष दर लगभग २९ प्रतिशतले वृद्धि भएको छ ।

(सीसीटीभीप्लस)
 

प्रतिकृया दिनुहोस