व्यस्त जीवनशैली र अस्वस्थकर खानपानका कारण धेरैजसो मानिसहरू अल्कोहलिक वा नन–अल्कोहोलिक फ्याट्टी लिभर रोगको समस्याबाट पीडित छन् । यस्तो हुँदा पनि मानिसहरूलाई प्रायः समोसा र पकोडा जस्ता भुटेका खानेकुराहरू खान मन लाग्छ, जसले फ्याट्टी लिभरको समस्यालाई बढावा दिन सक्छ । साँझको खाजामा केही स्वस्थकर खानेकुराहरू आहारमा समावेश गर्न सकिन्छ, जुन अन्य फास्टफुड सेवनको तुलनामा निकै स्वस्थकर हुन्छ ।
भुटेको चना : दिउँसोको खाजामा भुटेको चना खानु फाइदाजनक हुन्छ । भुटेको चनामा फाइबर र प्रोटिन जस्ता पोषक तत्वहरू प्रशस्त मात्रामा हुन्छन् । साथै, यसमा फ्याट्टी एसिडको मात्रा पनि कम हुन्छ । यसको सेवनले रगतमा चिनीको स्तर नियन्त्रण गर्न र पाचन प्रणाली सुधार गर्न मद्दत गर्दछ, जुन कलेजोको स्वास्थ्यको लागि धेरै महत्वपूर्ण हुन्छ ।
दही : दही प्रोटिन र प्रोबायोटिक्सले भरिपूर्ण हुन्छ । यसको सेवनले आन्द्राको स्वास्थ्य सुधार गर्न, कलेजोको सूजन कम गर्न र कलेजोमा अक्सिडेटिभ तनाव कम गर्न मद्दत गर्दछ । यसको सेवन स्वास्थ्यको लागि लाभदायक छ ।
ड्राइफ्रुटस् : बदाम, पिस्ता र ओखर जस्ता स्वस्थ बोसो भएका ड्राइफ्रुटस्हरू खानामा समावेश गर्नुपर्दछ । यसमा पाइने पोषक तत्वहरूले शरीरलाई ऊर्जा दिन, कलेजोको अक्सिडेटिभ तनाव कम गर्न र कलेजोको सूजन कम गर्न मद्दत गर्दछ । साथै, यसले कलेजोको कोषहरूलाई जोगाउन पनि मद्दत गर्दछ ।
खजुर : खजूरमा फाइबर र आइरन जस्ता पोषक तत्वहरू प्रशस्त मात्रामा हुन्छन् । त्यसैगरी, खजरमा एन्टी–अक्सिडेन्ट गुणहरू पनि हुन्छन् । यसको सेवनले शरीरलाई ऊर्जा दिन, पाचन सुधार गर्न, बोसो जम्मा हुनबाट रोक्न, कलेजोको अक्सिडेटिभ तनाव कम गर्न मद्दत गर्दछ ।
फ्याट्टी लिभरको समस्या भएमा बेलुकामा खजूर, ड्राइफ्रुट्स, दही र भुटेको चना इत्यादि खान सकिन्छ । यी चिजहरु खानामा समावेश गर्नाले स्वास्थ्य सुधार गर्न र शरीरलाई ऊर्जा दिन मद्दत गर्दछ । (साँघु साप्ताहिक, २०८२ साउन २६)
प्रतिकृया दिनुहोस