• सोमबार-भदौ-२३-२०८२

तानसेन पाल्पा को आत्मा गाथा 

 पाल्पाको आत्मगाथा

बसन्तपुरको गल्लीमा हिँड्दा,

स्मृतिहरू झर्छन् जस्तै सल्लाको पात।

 

त्रिभुवनको घ्यूपुरुषोत्तमको जडिबुटी,

बनारसको बाटोमा पाल्पाको सुगन्ध।

 

प्रतापले ल्याए बेलायती ज्ञान,

कोहि  इन्जिनियर भएर क्यानाडा गए।

 

गंगाको क्यामेराभरतको गोरखापत्र,

फोटोमा बाँचेको छ पाल्पाको अनुहार।

 

सावित्रीको साहित्यअशेषको नाटक,

सडकमा बोलेको छ जनताको कथा।

 

कन्हैयाको पाउरोटीटुन्ते कचालु,

बच्चाहरूको स्वादमा छ पाल्पाको माया।

 

जनता स्कुलको मुठी दान,

केवल प्रसादको सपना,

शीतल चिनीअल्लो माछा,

स्मृतिको मिठास अझै बाँच्छ।

 

सेतो घरतखा छेकुड्छेमेसिन घर,

नाममा बाँचेका छन् आत्मीयता र इतिहास।

 

किस्मत बहादुरको शालीनता,

दशरथ मानको  उपचार —अझै जीवित छन्।

 

पृथ्वी राज मदन लालको पसल,

लाकौल ब्रदेर्स को प्रेस ,

बिनय कुमारको शालीनता र नबिनता 

लक्ष्मी नारायणको छापाखाना,

बालककालको कानमा अझै गुन्जिन्छ।

 

गणेश मानको ढाका टोपी,

श्रीनगरको सल्ला रुख,

शोभा शाक्यको सेवा,

बुद्ध रत्नको निर्गुण—सबै पाल्पाको आत्मा।

 

नारायण गोपालको स्वरप्रेमध्वजको झंकार,

तानसेनको उत्सवमा गुञ्जिएको संगीत।

 

लट्टेको डिजेलफेरुवाको मिठाई,

शीतलपाटीको हरियो पातमा बाँचेको बाल्यकाल।

 

असन गगा दाईको भुइँ चम्पाचुरा पसलको बोली,

पश्चिम गाउँको मेहनतबतासे डाँडाको बस्ती।

 

ललितमानको किरानाबनमालीको आलेख,

प्राण प्रसादको आकाशवाणी—सबै पाल्पाको आत्मा।

 

यो आत्मा केवल ईंटा र ढुंगामा होइन,

मान्छेहरूको सम्झनामा बाँचेको छ।

 

पाल्पा त केवल ठाउँ होइन,

यो त एक जीवित इतिहास हो—हाम्रो आफ्नै।

 

 

प्रतिकृया दिनुहोस