• शुक्रबार-भदौ-२७-२०८२

रौतहटमा शनिबार बिहानसम्म निषेधाज्ञा र कर्फ्यु

 

चन्द्रपुर (रौतहट), २७ भदौ : जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार बिहानसम्मका लागि निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ । आज बिहान प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले सूचना जारी गर्दै बिहान ६ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म निषेधाज्ञा जारी गरेको जानकारी दिनुभयो । 

 

उहाँका अनुसार साँझ ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ । अत्यावश्यक आवतजावतका लागि आज साँझ ५ः०० बजेदेखि ७ः०० बजेसम्मको समय तोकिएको छ । 

 

निषेधाज्ञा वा कर्फ्युको समयमा भेला, जुलुस, सभा, बैठक,  प्रर्दशन, पोष्टर पर्चाजस्ता सामग्री टाँस्न वा लेख्न एवं शान्ति र व्यवस्थामा असर हुने कुनै पनि कार्य गर्न र पाँच जनाभन्दा बढी भेला हुन पाइने छैन ।
---

 

प्रतिकृया दिनुहोस