• शुक्रबार-भदौ-२७-२०८२

शेयरबजार असोज २ गतेसम्मका लागि बन्द


काठमाडौं — राजनीतिक अस्थिरताको कारण नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अन्तर्गतको धितोपत्र दोस्रो बजार असोज २ गते बिहीबारसम्म बन्द रहने भएको छ । नेप्सेले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै आगामी एक सातासम्म शेयर कारोबार स्थगित गरिएको जानकारी दिएको हो ।


नेप्सेको सूचनामा भनिएको छ, ‘धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएअनुसार भदौ २९ देखि असोज २ गतेसम्म धितोपत्र दोस्रो बजार कारोबार बन्द रहने व्यहोरा जानकारी गराइन्छ ।’


हाल देशमा देखिएको राजनीतिक अनिश्चितताका बीच लगानीकर्ताको सुरक्षालाई मध्यनजर गर्दै बजार स्थगित गर्ने निर्णय गरिएको नेप्सेले जनाएको छ । यसअघि पनि नेप्सेले गत बुधबार र बिहीबार सेयर बजार बन्द गरेको थियो ।


यस निर्णयसँगै आगामी बिहीबारसम्म नेप्सेमा कुनै पनि कारोबार हुने छैन । त्यसपछि बजारको अवस्था मूल्यांकन गरी आगामी निर्णय गरिने नेप्सेले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस