• आइतबार-असोज-१२-२०८२

जुँगाले बनायो बलियो पहिचान : तिलकुमार थापा बने 'जुँगे थापा'


काठमाडौं,।  धेरै पुरुषहरुले दाह्री–जुँगा पालेका हुन्छन् । तर काठमाडौंका तिलकुमार थापाले भने यही दाह्री–जुँगाकै कारण बलियो परिचय बनाएका छन् । त्यसकारण उनलाई धेरैले तिलकुमार थापाको नामले नभई जुँगे थापा नामले चिन्दछन् ।

 

काठमाडौंको सुविधानागर तीनकुनेमा बस्ने थापाले आठ वर्षदेखि वडो मेहेनतका साथ जुँगा पाल्दै आएका छन् । यही जुँगाकै कारणले उनले आफूलाई देशविदेशमा पनि परिचित हुने मौका पाएका छन् ।

 

देश विदेशबाट पनि यही जुँगाकै कारण मलाई भेट्न आउनेहरु धेरै छन्, आफूलाई भेट्न आउने विशिष्ट व्यक्तिहरुको तस्बिर देखाउँंदै उनले भने, यही जुँगाकै कारण मलाई संघीय संसदका उपसभामुख इन्दिरा राना मगरलगायतले भेट्न आउनुभएको थियो ।

 

उनले रानासहित गणतान्त्रिक व्यवस्थाको पहिलो राष्ट्रपति डा रामवरण यादव, वरिष्ठ कलाकार तुल्सी घिमिरे, पत्रकार ऋषि धमला, पत्रकार, कलाकार तथा बहुप्रतिभाशाली व्यक्तित्व सन्दीप क्षेत्री, नायक सुमित ढुंगानालगायतले आफूलाई भेटन आउँंदाका तस्बिर  भित्ताभरि सजाएका छन् । साथै आफ्ना एकल जुँगे तस्बिर पनि उनले दर्जनको हाराहारीमा भितामा टाँंगिराखेका छन् । मेरो यही जुँगाकै कारण वरिष्ठ कलाकार तुलसी घिमिरे मलाई विदेशदेखि नेपाल आएर भेट्न आउनुभएको थियो, उनले सम्झे । 

 

उनको जुँगा झण्डै एक फिट लामो छ । अरु बेला उनी त्यो जुँगालाई दुवै कानमाथि राखेर मिलाएर राख्ंछन् । कसैले हेर्न चाहेमा कानबाट झिकेर देखाउँंछन् । जुंगैले म परिचित मात्रै नभई प्रख्यात नै भएको कारण यो जुँगालाई अवका दिनमा पनि काट्दिन बरु पाल्छु, उनले भने, जुँगाकै कारण म टोलमा मात्रै होइन, देशैभरि चिनिएको छु । उनले दाह्री भने पालेका छैनन् ।

 

जुँगालाई पाल्न सजिलो नभएको उनी सुनाउँंछन् । दिन बिराएर सैंलुङ (कपाल, दाही जुँगा काट्ने पसल) मा जुँगा मिलाउन जाने गरेको उनले सुनाए । साथै जथाभावी तेलको प्रयोग गर्न नहुने पनि उनले जनाए । यही कारण मासिक १० पन्ध्र हजार पैसा यही जुँगा स्याहार्नमा जाने उनले सुनाए ।

 

यही जुँगाकै कारण पत्रकार ऋषि धमलासँंग 'जनता जान्न चाहन्छन्' कार्यक्रममा अन्तर्वार्ता पनि दिन पाएको उनले सम्झे । साथसाथै सामाजिक सञ्जालहरुबाट पनि आफू देशैभरि परिचित हुन पाएको उनले सम्झे ।

 

रामेछाप मन्थली नगरपालिकाका उनले २०५६ सालदेखि नेपाल प्रहरीमा जागिर खाएका थिए । तर त्यो बेला उनले जुंगा पाल्न थालेका थिएनन् । त्यसपछिबाट उनले १८ वर्ष नेपाल प्रहरीमै जागिर खाए । यो वीचमा उनले गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति डा रामवरण यादवको सवारी चालक (उही प्रहरीको जागिरबाट नै) को रुपमा सेवा गरेर बिताए । यही सेवाबाट उनले जागिर छोडे । यही सेवाकै कारण पनि उनी डा. यादवसँंग नियमित सम्पर्कमा छन् अहिले पनि ।

 

हाल भने उनी काठमाडौंको कोटेश्वर तीनकुने सुविधानगरमा पार्टनरशिपमा रेसुङ्गा फायमली रेष्टुरेन्ट सञ्चालन गरी बसेका छन् । यही रेष्टुरेन्टको साइन बोर्डमै आफनो जुँगे तस्विर उनले राखेका छन् । यही कारण पनि उनको रेष्टुरेन्टले बजार पाएको छ । उनी भन्छन्, जुंगेसँंग बसेर खान भनेर पनि धेरै आउँंछन् । म नभेटिए मेरै जुँगे तस्विर हेरेर भए पनि जान्छन् ।   

 

धेरै पुरूषहरुले आफ्नो पुरूषोत्वको लागि पनि दाह्री जुँगा पाल्ने गर्दछन् । कसैले सानका साथ सौखले पनि दाह्री जुँगा पाल्ने गर्दछन् । तर तिलकुमार जस्तो जुँगाकै कारण परिचित सायदै अरु होला ।

प्रतिकृया दिनुहोस