• आइतबार-असोज-१२-२०८२

टिकटक’ बनाउने क्रममा कालीगण्डकीमा एक जना बेपत्ता


म्याग्दी, ११ असोजः बेनी नगरपालिका-८ कालीपुलमा टिकटक बनाउने क्रममा कालीगण्डकी नदीमा खस्दा एक जना बेपत्ता भएका छन् । कालीकोटको शुभकालिका गाउँपालिका-८ का अन्दाजी २२ वर्षीय सदान्द पोखरेल टिकटक बनाउने क्रममा कालीगण्डकीले बगाएर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

 

    कालीपुल बसपार्कको गण्डकी होटल एण्ड रेष्टुरेष्टको पछाडि कालीगण्डकीको किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर नदीमा बेपत्ता भएका पोखरेलको खोजी जारी रहेको प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो । 

 

    पोखरेल म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा रहेको ठूलोखोला जलविद्युत् आयोजनामा कार्यरत थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुर्यबहादुर थापाको टोलीसहित सुरक्षाकर्मी परिचालन गरी बेपत्ता पोखरेलको खोजी भइरहेको उहाँले बताउनुभयो ।
---
 

प्रतिकृया दिनुहोस