• आइतबार-असोज-१२-२०८२

मोटरसाइकल दुर्घटनामा एक अष्ट्रेलियाली नागरिकको मृ त्यु

 

 

सिन्धुपाल्चोक, ११ असोज : जिल्लाको बाह्रबिसे-तातोपानी खण्डअन्तर्गत भोटेकोशी गाउँपालिका-४ चारकिलोमा मोटरसाइकल दुर्घटना हुँदा एक जना अष्ट्रेलियाली नागरिकको मृत्यु भएको छ ।

 

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक माधवराज खरेलका अनुसार आज बिहान बा ८९ प ९७३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खस्दा अष्ट्रेलियाली नागरिक ७१ वर्षीय पेटर ज्याक्सन र ६८ वर्षीया जनेट ज्याक्सन घाइते भएका थिए । 

 

दुवै जनालाई स्थानीयस्तरमा उद्धार गरी धुलिखेल अस्पतालको शाखा हिन्दी अस्पतालमा प्रारम्भिक उपचार गरिएपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत नर्भिक अस्पताल, काठमाडौँ पठाइएको थियो । 

 

जनेटको उपचारका क्रममा आज दिउँसो मृत्यु भएको अस्पतालले जनाएको प्रहरी नायब उपरीक्षक खरेलले उल्लेख गर्नुभयो । उहाँका अनुसार मोटरसाइकल चालक पेटर भने हाल नर्भिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा उपचाररत छन् ।
---

प्रतिकृया दिनुहोस