• सोमबार-असोज-१३-२०८२

करेन्ट लागेर एकजना विद्युत् कर्मचारीको मृ त्यु

 

राजविराज (सप्तरी), १३ असोज : विद्युत् प्राधिकरण हनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको आज करेन्ट लागेर मृत्यु भएको छ ।

 

दैनिक ज्यालादारीमा कार्यरत सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–९ घर भएका अन्दाजी ४५ वर्षीय दिनेश सुतिहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर कुरीले जानकारी दिनुभयो । 

 

उहाँका अनुसार सुतिहारले हनुमाननगर कङ्कालिनी नगरपालिका–१२ मा विद्युत्को पोलमा लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेको हो । करेन्ट लागेपछि उहाँलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा भर्ना गरे पनि उपचारकै क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ  । 
---

 

प्रतिकृया दिनुहोस