काठमाडौँ । युवा पुस्ताको मोडलिङ क्षेत्रमा आकर्षण बढेसँगै अवसर र चुनौतीहरु समेत थपिदै गएका छन । युवा पुस्ताको सर्बाधिक रोजाइमा परेको मोडलिङ क्षेत्र दिनानुदिन फैलिदै गएको छ । त्यस्तै मोडल/नायिका बन्ने चाहना लिएर मोडलिङ क्षेत्रमा आफ्नो करिअर सुरु गरेकी मोडल हुन् बिपना चुनारा ।
नृत्य तथा अभिनयमा पोख्त मोडल बिपना चुनारा सुन्दर मुहार र आकर्षक शरीरको धनी छिन । चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनीप्रतिको आकर्षण हो । उनी मिहिनेतका साथ अभिनय र कलालाई अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन संघर्षरत छिन् ।
सुर्खेतको स्थायी बासिन्दा विपना चुनारा काठमाडौँलाइ कर्मथलो बनाएर विगत २ बर्षदेखि यस क्षेत्रमा आबद्ध भएर ब्यवसायिक मोडलको रुपमा आफूलाई निखार्दै आएकी छिन । हेर्दा पनि निकै आकर्षण मोडल विपना, हासिरहने शालीन स्वभावकी छिन ।
मोडल विपना चुनारा यदि कुनै चलचित्र, म्युजिक भिडियोहरूमा अफर आएमा आफू अभिनय गर्न तयार रहेको बताउछिन । सानै उमेरदेखि मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने विपना अभिनयमा पनि आफूलाई अब्बल दर्जामा राख्न कोसिसरत छिन ।
केही म्युजिक भिडियोमा अभिनय गरिसकेकी विपनाले टेलिसिरियलहरुमा समेत अभिनय गरिसकेकी छिन । मोडल विपना चुनारा भन्छिन, अब चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यही क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउँछु ।
उनी भन्छिन मानव जीवन भनेको संघर्ष हो मिहिनेत र परिश्रम गर्दै जानु पर्छ एकदिन अवश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नु नै जीवन हो, एकदिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफू अगाडि बढेको कुरा पनि उनी बताउँछिन।
प्रतिकृया दिनुहोस