• शुक्रबार-बैशाख-१४-२०८१

आर्मी चिफ थापाले राखे नयाँ  रेकर्ड  : प्रहरीमा खुसीयाली



काठमाडौं । २०७७ असार २३ गते नेपाल सरकारले विनम्र, शालीन, इमान्दार, बौद्धिक र व्यावसायिक कार्यमा निपूर्ण स्वच्छ व्यक्तित्व एआइजीपी शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीको प्रहरी महानिरीक्षक पदमा नियुक्त गरेको छ ।

 

२०७७ असार २६ गते नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले यिनै नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापालाई प्रहरी हेडक्वार्टरमै पुगेर बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका छन् । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यकाल सफलताको शुभकामना दिएकाे खबरले ७९ हजार प्रहरीमा खुसीयाली छाएकाे छ । 


 एक सुरक्षा संगठनका प्रमुखले अर्को सुरक्षा संगठनका प्रमुखलाई शुभकामना दिनु कुनै नया“ परिघटना त होइन । तर नेपाल प्रहरीका आईजीपीलाई प्रधानसेनापतिले कार्यालयमै पुगेर बधाई दिने प्रचलन विगतमा नरहेकाले यसलाई अर्थपूर्ण मानिएको छ ।


स्रोतका अनुसार, आर्मी चिफले प्रहरीका आईजीपीलाई भेट्नुका केही खास कारण छन् । पहिलो, देश अहिले कोरोना भाइरसलगायतको महासंकटमा छ ।

 

प्रधानसेनापति आईजीपीकोमा पुग्नुलाई महासंकटसँग जोडेर पनि हेरिएको छ ।  सुरक्षा निकायहरु सामूहिक रूपमा अघि बढ्दा मात्रै महासंकटको व्यवस्थापन हुने अवस्था छ ।

 

अर्काे कुरा भ्रष्टाचारमा शून्य सहनशीलता विषमा दुबै संगठन प्रमुख संगसंगै हिड्ने सन्देश पनि हो । तेस्रो कुरा आर्मी स्टाफ कलेजस“गको आईजीपी थापाको पुरानो सम्बन्ध । शैलेश थापा आर्मी स्टाफ कलेजको २०६४ का टपर हुन् ।

 

आर्मी स्टाफ कलेजमा अवसर पाउने उनी पहिलो प्रहरी अधिकृत रहेको बताइन्छ । उनीपछि प्रद्युम्न कार्की र देवबहादुर बोहोराले मात्रै आर्मी स्टाफ कलेज गर्ने अवसर पाएका थिए । अनि अर्को कुरा निष्कलंक र इमान्दार छविका शैलेश थापालाई आईजीपी बनाइएकाले त्यसको खुसी साट्न आर्मी चिफ थापा प्रहरी मुख्यालय नक्साल पुगेको बुझाइ पनि कतिपयको छ । 


यो पटक पनि संयोग !


 नेपाल प्रहरीका पूर्व डीआइजीपी महेश विक्रम शाहका अनुसार, महाराजा ज्ञानेन्द्र शाहको शासनकालमा एक अनौठो संयोग जुरेको थियो । त्यसवेला सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । गृहमन्त्री थिए कमल थापा ।

 

नेपाली सेनाका प्रधानसेनापति प्याराजंग थापा थिए । नेपाल प्रहरीतर्फ श्यामभक्त थापा र सशस्त्र तर्फ सहवीर थापा प्रहरी महानिरीक्षक थिए । राज्यका महत्वपूर्ण संयन्त्रहरूमा थापाहरु हुनु एक संयोग थियो ।

 

यसपटकको संयोग पनि चाखलाग्दो नै छ । गृहमन्त्रालयको बागडोेर गृहमन्त्री रामबहादुर थापाले सम्हालेका छन् भने नेपाली सेनाको प्रधानसेनापति  पूर्णचन्द्र थापा रहेका छन् ।

(२०७७ असार २९ गतेकाे साँघु साप्ताहिक)

प्रतिकृया दिनुहोस