• शनिबार-बैशाख-८-२०८१

यी हुन् वीरेन्द्र सैनिक अस्पतालका कथा–व्यथा !

    केही दिन अगाडि अचानक अक्सिजन लेवलमा कमी आएपछि वीरेन्द्र सैनिक अस्पताल छाउनीमा जान बाध्य भए“ । नजिक अन्य नाम चलेका अस्पताल भएपनि सकलदर्जाको पसिनाको कमाइको केही अंश जम्मा गरेर संचालन भएको आफ्नै सैनिक  अस्पतालमा जानुनै आफूलाई सहज लाग्नु स्वभाविक थियो । पुग्नासाथ इमर्जेन्सीमा भर्ना भएर डक्टरद्वारा सबै किसिमको परीक्षण सुरु गरियो ।

 

परीक्षण सकेर अक्सिजन लेवल राम्रो भएपछि घर फर्किने आश गरेको थिए“ । तर, डक्टरको सल्लाहअनुसार आज बसेर अन्य सबै परीक्षण गर्दा भविष्यमा अप्ठ्यारो नपर्ने सल्लाह भएपछि त्यो दिन आफ्नो (सैनिक अधिकृत) सहुलियतअनुसारको अस्पतालको केबिनमा बसियो । जहाँ हुनुपर्ने सबै सुविधा सम्पन्न थियो ।

 

भोलिपल्ट विदाको दिन राउण्डमा आउनु भएको विशेषज्ञ डक्टरले एकपटक छातिको सिटी स्क्यान हेर्नुपर्ला शर एक दुई दिन बस्ता राम्रो हुन्छ भन्नु भयो । मैले आफ्नो अस्पताल सबै सुविधा भएर पनि निशुल्क भएपछि मलाई पनि ठिकै लाग्यो ।


 योभन्दा ७ महिना अघि विदेशबाट आएकै दिन माघको आखिरी हप्ताको जाडो र काठमाण्डौंको अत्यधिक प्रदुषणको कारण यसरीनै अक्सिजन लेवल घटेपछि नजिकैको निजी अस्पतालमा एकदिन बसेर केही परीक्षण गरेर घर फर्किदा लगभग रु. २०,०००। खर्च  भएको थियो । आफ्नो वीरेन्द्र सैनिक अस्पतालमा त मैले कुनै शुल्क, औषधिको मूल्य हस्पिटलको खर्च भुक्तान गर्नुपरेन ।

 

जहाँ दिनको चार पटक ब्रेकफास्ट, लन्च, फलफूल तथा डिनरको सबै सकलदर्जालाई एकनासको रहेछ छ । किनकि यो नेपाल आर्मीको अस्पताल हो । अस्पतालमा समयमा औषधि उपचार तथा सेवामा कुनै कमि पाइँन । चिकित्सक, नर्स तथा स्टाफ सबैको  शिष्ट ब्यवहार तथा नियमित सेवा सह्रानीय थियो ।

 


 केही दिन अघि मात्र सेनाको रु. ७० अर्ब कल्याणकारी कोषको सम्पत्ति  भइसकेको सुनियो । नगद मौज्दात मात्र  रु. ६२ अर्ब ६८ करोड भएको सुनियो । यो राम्रै खबर हो । यो रकमको सही सदुपयोग गरेर भए पनि अत्यावश्यक सामान खरिद गर्न कुनै कठिनाइ नहुनसक्छ । यो अस्पताल सेनामा भर्ना भएपछि जीवनको अन्तिम अवस्थासम्म सबैलाई अत्यावश्यक छ । बहालवाला सकलदर्जाका लागि मात्र होइन भूपू र परिवारको लागि पनि त्यत्तिकै आवश्यक छ ।


    लगभग ५०,००० सकलदर्जा रहेको अवस्थामा लगभग  त्यसको चार गुना बढी भूपू र परिवार संख्या रह“दाको अवस्थामा ३०० जनाको बेड हिसाब गरेर प्रधानसेनापति सत्चित शम्शेर ज.ब.रा.द्वारा बनाइएको वीरेन्द्र सैनिक अस्पतालको सुरुको अवस्थामा यसलाई संचालन गर्न निकै कठिनाइ भएपनि विरामीको त्यति चाप थिएन ।

 

अहिलेभन्दा कम सुविधा भएर पनि टाढाबाट आउने विरामीले त्यसबेलाको कम संख्याका डक्टर नर्सले सबैको राम्रै निग्रानी गरेकै थिए । किनकि त्यतिबेलाका विरामीको संख्या अहिलेको जस्तो भयावह भइसकेको थिएन । त्यो बेलामा अन्यत्र नभएका एम आर आई, सिटी स्क्यान, लिथोटिप्सी मेसिनहरुको उपलब्धता थियो र यद्यापि कायम छन् ।

 

सायद त्यतिबेला वीर अस्पतालमा आएको हुन सक्छन् । यस सैनिक अस्पतालमा समयअनुकूल डाइग्नोसिस गर्नुपर्ने धेरै मेसिन औजारहरु थप उपलब्ध गराउन अझैपनि आवश्यक चाहिं छ । अहिले त धेरै नयाँ र आधुनिक प्राइभेट अस्पतालहरु बनिसकेपछि हाम्रो अस्पतालमा भन्दा नया“ किसिमका मेसिनहरु जडान गर्न अवश्य पनि सफल भएका होलान । किनकि त्यहा“ विभिन्न सोर्षबाट अत्यधिक पैसा कमाएका धनाढ्य ब्यापारीले लगानी गरिरहेका हुन्छन् ।


    अकोतर्फ नेपाली सेनामा सरकारले सीमितरुपमा दिएको  बार्षिक बजेट र हाम्रै सैनिक कल्याणकारीको रकमले सैनिक अस्पतालहरु, मेडिकल कलेज तथा विभिन्न प्रदेशमा भएका अस्पताल संचालन गर्न हामीलाई बाध्यता छ ।


    अहिले लगभग १ लाख बहालवाल सकलदर्जा र भूपू तथा परिवार गरि १० लाखको संख्यामा रहेका हितधिकारी सबैको सेवाको जिम्मेवारी यही वीरेन्द्र अस्पताल छाउनीको रहेको छ । हालमा ५०० बेडको अस्पताल भनिएपनि कोरोनाको कारण ७५० जनासम्म विरामीको संख्यालाई एडजस्ट गर्नुपर्ने बाध्यता रहेको बुझियो । यही बेलामा निजीमा भन्दा सेवा सुविधामा कमी र  प्राविधिक जनशक्तिको कमीले अस्पतालको व्यवस्थापनमा केही समस्या भइरहेको अवगत भयो ।

 

लामो समय काम गरेका अनुभवी विशेषज्ञ डक्टरहरु  जो बाहिर अस्पतालमा गएर पनि सेवा गरेर पारिश्रमिक प्राप्त गर्ने अबसर पाइरह“दा पनि  मातृ संस्था नै छोडेर बाहिर निजी अस्पतालमा जान किन बाध्यता प¥यो ? त्यसको सोधीखोजी सैनिक नेतृत्व तहबाटै हुनुपर्छ । नत्र भविष्यमा नेपाली सेनामा कार्यरत डक्टर, नर्स र अरु सिनियर डक्टरहरु पनि छोडेर जाने अवस्थाले निरन्तरता नपाओस् भन्नेतर्फ सैनिक नेतृत्व बेलैमा सचेत रहन जरुरी छ ।


यसरी सैनिक अस्पताल छोडेर हिड्ने डक्टरहरुको कारण पनि अस्पताललाई अरु कठिनाई परिरहेको महसुस भएको छ । जुनसुकै कारणबाट भएपनि विरामी र औषधि उपचारको विषय आएपछि सरल, छिटोछरितो सेवा नपाएको अवस्थामा राम्रो नराम्रो सबै जस अपजसको जिम्मेवारी यसै सैनिक अस्पतालको नेतृत्वमा रहने नै भयो । समयमै जा“चपताल, रिपोर्ट बेलैमा नपाएको अवस्थामा प्रत्यक्षरुपमा कसैले पनि सैनिक स्वास्थ्य सेवा महानिर्देशनालयको नेतृत्व, पिएसओज् या कसैलाई पनि दोष दिंदैनन् ।


सम्पूर्णरुपमा सैनिक अस्पताल या यसका सिई ओलाई जस र अपजसको भागिदार बनाइन्छ । सैनिक अस्पतालको आन्तरिक व्यवस्थापन, भएका ल्याव, सरसामान, जनशक्तिको आन्तरिक परिचालन सिईओ ले गर्न सक्छन् । तर, सम्पूर्णरुपमा यसको गुणात्मक र परिणात्मक  बृद्धि गर्न सिईओले मात्र गर्न संभव छैन । यसको सही व्यवस्थापनका साथै साधानस्रोत सम्पन्न गर्न र आधुनिक स्वास्थ्य औजारका व्यवस्थाका लागि पि.एस.ओज.को सल्लाह र प्रधानसेनापतिको विशेष निर्देशन जरुरी पर्दछ ।

 

सैनिक अस्पताललाई साधन स्रोत सम्पन्न र सकलदर्जाको विश्वसनीय उपचार केन्द्र बनाउनका लागि प्रमुखरुपमा प्रधानसेनापति प्रभुराम शर्माले सेनाको र आफ्नो इतिहास बनाउने  सुअवसर पनि यही हो । अब २ वर्षपछि प्रधानसेनापति प्रभुराम शर्माले सेनाले सकल दर्जा र तिनका आश्रित परिवारका लागि गरेका ऐतिहासिक कार्यको मूल्यांकन अवश्य हुनेछ ।


यी हुन् सैनिक अस्पतालका प्रमुख समस्या


    पहिलो विषयः हाल वीरेन्द्र सैनिक अस्पतालमा भएका प्रमुख समस्याहरुमा लामो समयदेखि बन्दै बिग्रिंदै गरेको सिटी स्क्यान काम नलाग्ने भएकाले नया“ खरिद गर्न अत्यावश्यक छ । जसको कारण दैनिक विरामीहरु हजारौं रकम तिरेर सिटी स्क्यान गर्न बाहिर निजीमा जानुपर्ने बाध्यता रहेको छ ।

 

प्रधानसेनापतिले एउटा कार्यक्रममा  भनेको सम्झिन्छु, उहाँले सैनिक अस्पतालको सिटीस्क्यान मेसिन खरिद गर्न कति पैसा चाहिन्छ खर्च गर्नुहोस् पैसा आउ“छ भन्दा पनि खर्च गर्न नसकेको भनेर चिन्ता व्यक्त गर्नु भएको थियो । कसको कारणले यसलाई समयमा मर्मत गराउन या नया“ खरिद गर्न बाधा भइरहेको छ ?

 

त्यसको तथ्य पत्ता लगाउन सकिएमा भविष्यमा विरामी सैनिकहरुले लागि यस्ता समस्या भोग्नुपर्ने थिएन । अर्को ठूलो समस्या स्टाफको दरबन्दीको रहेछ । हालको विरामीको संख्या कोरोना र डेंगुको कारणले पनि निकै बढेको पाइयो । यस्ता विभिन्न थरिका महामारी रोगहरुले सैनिक अस्पतालमा प्रेसर परिरहन सक्छ । त्यसैले पनि सहज किसिमले कार्य गर्न पनि हालको डक्टर, नर्स, ल्याव टेक्निसियनहरुको दरबन्दी  अत्यन्त न्यून भएको कुरा सम्बन्धितबाट बुझियो ।

 

हाल धेरैजसो इन्टर्न गर्न आएका डक्टरबाट अस्पतालले जसोतसो काम लिइरहेको देखियो । कतिजना विरामी हेर्न कतिजना विज्ञ चिकित्सक चाहिन्छ ? एकजना नर्सले कति घण्टा डियुटी गरेर कति जना विरामीको राम्रोसंग देखभाल गर्न सक्छन् ? यसको वैज्ञानिक हिसाब गरेर सैनिक अस्पतालमा दरबन्दी तत्कालै बढाउन समयको आवश्यकता हो । सेनाले मागेको दरबन्दी या संख्या अहिलेको समयमा हत्पत सरकारले कटौती गर्न सक्दैन ।


  नेपाल सरकारबाट कति दरबन्दी तत्काल थप्न सकिन्छ थप्नका लागि अनुरोध गर्ने र केही जनशक्ति कल्याणकारीको खर्चबाट भएपनि करारमा लिएर उपचार सेवा दिन जरुरी छ । किनकि सेनाको कमिन्टमेन्ट धेरै बढेको छ । दैनिक डियुटी, शान्ति सेना, विकास निर्माण, भैपरी आउने महामारी, बाढीपीडित, भूकम्प आदि जहा“पनि इन्फ्यान्ट्री फोर्ससंगै चिकित्सक तथा नर्सहरुको आवश्यकता रहन्छ  । तेश्रो तर महत्वपूर्ण विषयमा, हाल आर्मीसंग भएका एम्बुलेन्स पुराना त्यो पनि ज्यादै सीमित छन् । कुनैमा पनि एम्बुलेन्स आधुनिक सुविधा भएका र एयर कण्डिसन छैनन् ।

 

शायद अहिले  भिभिआईपीको लागि एउटामात्र नयाँ  ए ग्रेडको एम्बुलेन्स खरिद गरिएको बुझियो । अहिले सकलदर्जाको लागि चढ्ने एम्बुलेन्समा गर्मीमा झ्याल खोलेर बस्ता धुलो र धु“वा नखोल्दा निस्सासिने गर्मी जुन मैले आफैले भोगें । अनि जाडोमा सैनिक एम्बुलेन्सभित्र शिरक ओढ्नु पर्ने अवस्था रहन सक्छ । काठमाडौंमा कमसेकम अरु दुई ओटा ए ग्रेडका एम्बुलेन्स आर्मीले खरिद गर्न अति जरुरी छ ?


 केही दिन अघि मात्र सेनाको रु. ७० अर्ब कल्याणकारी कोषको सम्पत्ति  भइसकेको सुनियो । नगद मौज्दात मात्र  रु. ६२ अर्ब ६८ करोड भएको सुनियो । यो राम्रै खबर हो । यो रकमको सही सदुपयोग गरेर भए पनि अत्यावश्यक सामान खरिद गर्न कुनै कठिनाइ नहुनसक्छ । यो अस्पताल सेनामा भर्ना भएपछि जीवनको अन्तिम अवस्थासम्म सबैलाई अत्यावश्यक छ । बहालवाला सकलदर्जाका लागि मात्र होइन भूपू र परिवारको लागि पनि त्यत्तिकै आवश्यक छ ।

 

चिफसाबले एकपटक गम्भीर भएर सोचेमा सकलदर्जाको जीवन रक्षाका लागि एउटा महत्वपूर्ण कार्य हुन सक्छ । वर्तमान चिफसाबको भनाई पनि शिक्षा र स्वास्थ्यमा विशेष जोड भनेको सुनिएको छ । शिक्षामा त्यति गुनासा नहोलान् तर सैनिक अस्पतालको गुनासा  सुनेर कार्यान्वयन भएको पाइएन । साथै अस्पतालको आन्तरिक व्यवस्थापन अझ चुस्तदुरुस्त बनाउँदै हितधिकारीको स्तरीय सेवा बढाउन सकिन्छ । 

 

यो मेरो वयक्तिगत भनाइ होइन धेरैजनाबाट सुनिसकियो र देखिसकियो पनि अझै पनि कार्यान्वयन भएन भने सेनाले सेमिनार गरेर, लेखेर बोलेर जाहेरी गरेर मात्र के अर्थ होला र ? अरु पुराना धेरै विषय उठाउन चाहिन । मैले कसैलाई आक्षेप लगाउने मनसायले होइन सिर्फ सेनाका सकलदर्जाको सुखसुविधा तथा गुणस्तरीय स्वास्थ्य उपचारमा चिफसाबको पनि विशेष रुचिको कदर गर्दै यो सानो लेख लेख्ने धृष्टता गरें ।
     –पूर्ण ओली, महासेनानी(अ.प्रा.)

 

प्रतिकृया दिनुहोस