काठमाडाैं । नेपाली कांग्रेसको संस्थापन पक्षविरुद्धको खेमाका नेताहरुवीच नै आरोप/प्रत्यारोपमात्र होइन, एकले अर्कोलाई कसरी उछित्तो काढ्ने भन्नेमा प्रतिस्पर्धा देखिन थालेको छ ।
२०७९ माघ ८ गते आइतवार संस्थापनइतर समूहको भेलामा नेता डा. शेखर कोइरालाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गरियो भनेको कुरा सार्वजनिक भयो । सबै सञ्चारमाध्यमले त्यसलाई प्रमुख समाचार पनि बनाएका थिए ।
डा. कोइरालालाई माइनस गरेपछि मात्रै आफू समूहको नेता हुने विश्लेषण गगन थापाले गरेर अहिले उनले कोइरालामाथि विभिन्न हिसाबले अप्ठ्यारो बनाउन खोजेकाे बुझाइ डा. काेइराला पक्षहरूकाे रहेकाे स्राेत बताउछ ।
भेलाको निष्कर्ष नै प्रचण्डलाई विश्वासको मत दिनु गल्ती थियो भन्ने भएको भनेर प्रचार भएको थियो । त्यसको भोलिपल्ट माघ ९ गते सोमवार कांग्रेस पदाधिकारी बैठकमा डा. शेखर कोइरालाले आफूले त्यो कुरा नभनेको तर सञ्चारमाध्यममा कसरी आयो भन्ने प्रष्ट नभएको बताएका थिए ।
दुईदिनको बीचमा यो कुरा कसरी बाझियो भन्ने चाहिँ प्रष्ट भएन । तर, माघ ८ गते आइतवारको भेलामा कोइरालाले प्रचण्डलाई विश्वासको मत दिनु गल्ती थियो भनेर भनेको कुरा महामन्त्री गगन थापाले प्रचार गराएको चर्चा हुन थालेको छ ।
गगन थापा र उनको समूहले आफ्नो अनुकूल व्याख्या हुनेगरी उक्त कुरा प्रचार गराएको भन्दै संस्थापनइतर समूहका नेताहरु आशंका गर्न थालेका छन् । कोइरालाले भन्दै नभनेको कुरा कसरी सार्वजनिक भयो भन्ने कुरा प्रष्ट नहुनु र कोइरालाले नै आफूले त्यसो नभनेको भन्नुले यो प्रपञ्च गगन थापा र उनको समूहकै भएको चर्चा कांग्रेस भित्र हुन थालेको छ । महामन्त्री गगन थापा अहिले जसरी पनि कांग्रेसकाे इतर यो समूहको नेता हुन खोजिरहेका छन् ।
त्यसका लागि डा. शेखर कोइरालालाई माइनस गर्नुपर्ने हुन्छ । डा. कोइरालालाई माइनस गरेपछि मात्रै आफू समूहको नेता हुने विश्लेषण गगन थापाले गरेर अहिले उनले कोइरालामाथि विभिन्न हिसाबले अप्ठ्यारो बनाउन खोजेकाे बुझाइ डा. काेइराला पक्षहरूकाे रहेकाे स्राेत बताउछ ।
त्यही अप्ठ्यारो र अफबाह फैलाउनका लागि २०७९ माघ ८ गते आइतवारको भेलामा डा. कोइरालाले नबोलेको कुरा सार्वजनिक भएको बताइएको छ । अहिले यो समूहमा नेता को हो ? भन्ने प्रश्न पनि उठेको छ ।
डा. शेखर कोइराला कि गगन थापा समूहको नेता हो ? भन्ने प्रश्न उठाएर उपभासपति धनराज गुरुङसहितका नेताहरु समूहभित्र थापाविरुद्ध पनि देखिएका छन् ।
प्रतिकृया दिनुहोस