• बिहीबार-चैत-१५-२०८०

अमेरिकाको एक बारमा गोली चल्दा ३ जनाको मृत्यु, २ जना घाइते

 

मिसौरी, ८ जेठ, (रासस-एएनआई) : संयुक्त राज्य अमेरिकामा आइतबार बिहान (स्थानीय समय) कान्सास शहरको बारमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।  घाइते मध्ये एकजना गम्भीर छन् । 

 

पीडित मध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । एकजना बारभित्र र अर्का भवनबाहिर मृत अवस्थामा फेला परेका थिए । त्यसैगरी अर्का घाइतेको अस्पतालमा मृत्यु भएको थियो । 

 

गोलीबारीमा घाइते भएका अन्य दुई जनालाई अस्पताल लगिएको  प्रहरीले जनाएको छ । फक्स न्युजका अनुसार घाइतेमध्ये एकको अवस्था गम्भीर छ भने अर्काको अवस्था स्थिर रहेको छ । पीडितहरूको पहिचान हुन सकेको छैन । के कारणले गोली चलाएको हो भन्ने बारे अनुसन्धान जारी छ ।

 

सन् २०२३ मा अमेरिकामा मे ७ सम्म २०७ गोलीकाण्ड भएको सीएनएनले  उल्लेख गरेको छ ।
--------
 

 

 

प्रतिकृया दिनुहोस