• सोमबार-बैशाख-१७-२०८१

राजनीति सुन्दा सुन्दा घरै पिँडालु, बनै पिँडालु-महाजात्रा हेर्दा बाह्र हातको पिँडालु होइन ?!


   हालै प्रदीप भट्टराई निर्देशित फिल्म ‘महाजात्रा’ ४० मुलुकमा रिलिज हुने तय भए बमोजिम प्रदर्शन भएको छ । एमएसएम इन्टरटेनमेन्टले यो फिल्मलाई एसिया, उत्तर अमेरिका, युरोप, मध्यपूर्व, संयुक्त अधिराज्य र ओसियाना क्षेत्रमा प्रदर्शन गर्ने जमर्को गरेको छ  । निर्माता कम्पनी षट्कोण आर्ट्सले सबै मुलुकमा एक साताभित्र प्रदर्शन गरेको छ ।

 


 निर्देशक भट्टराईबाट जीवन समृद्ध तुल्याउने सपना र आपत्कालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई फिल्ममा नौलो ढंगबाट हँस्यौली सम्बाद सहित प्रस्तुत गरिएको छ ।  समग्रमा, वर्षा राउतको रोल, अभिनय, हरिबंशको भिन्न, राम्रो फिल्म हो । महाजात्र निकै रमाइलो र धित् मर्दो फिल्म हो भन्नुमा अत्युक्ति नहोला । 

 


    नेपालमा भने २०८० साल चैत ९  गतेदेखि  रिलिज भयो । ‘जात्रा’ र ‘जात्रैजात्रा’को सफलतापछि षट्कोण आर्ट्सको निर्माणमा बनेको  तेस्रो श्रृंखला चलचित्र ‘महाजात्रा’ मा नयाँ कलाकार समेत जोडिएका छन् । नयाँ श्रृंखलामा हरिवंश आचार्य जोडिएको खबर केही समयअगाडि नै सार्वजनिक भइसकेको थियो  भने दिव्यदेव पन्त, गौमाया गुरुङ र शिशिर बाङ्गदेलसमेत जोडिएका खबर सार्वजनिक भएका थिए ।

 

यसलाई म्याक्स दिपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गरेका छन्  । चलचित्रमा विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, वर्षा राउत, रवीन्द्र झा, अरविन्द खड्का, राजाराम पौडेल लगायतका कलाकारको अभिनय बेजोड छ  ।


 निर्देशक भट्टराईबाट जीवन समृद्ध तुल्याउने सपना र आपत्कालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई फिल्ममा नौलो ढंगबाट हँस्यौली सम्बाद सहित प्रस्तुत गरिएको छ ।  समग्रमा, वर्षा राउतको रोल, अभिनय, हरिबंशको भिन्न, राम्रो फिल्म हो । महाजात्र निकै रमाइलो र धित् मर्दो फिल्म हो भन्नुमा अत्युक्ति नहोला ।  राजनैतिक पृष्ठभूमि भएको राजनीतिज्ञले समेत यो फिल्म समय निकालेर हेर्नुपर्ने देखिन्छ । संदेश दिन खोजिएको  छ ।  पैसाको खेल हो भन्ने  भन्दा पनि नियत राम्रो हुनु पर्ने  संदेश छ । जुनसुकै निर्माताले  पनि यस्तो किसिमको फिल्म बनाउन चाहन्छन्  भनिन्छ ।

 

बर्षा राउतले आफू आमा नै नभईकन पनि उत्कृष्ट  आमाको भूमिका निभाएकी छिन् । सम्बाद, कथा,  पटकथा, छायांकन आदि निकै जीवन्त, आकर्षक र मनमोहक छन्  । एक पटक हेर्ने पर्ने फिल्म बनेको छ । गीत चाहिं सायद एउटा मात्र आईटम डान्स छ । त्यो गीत कति लोकप्रिय हुन्छ त्यो समयले बताउने छ ।


समग्रमा नेपालको सिनेमाको क्षेत्रमा नयाँ मिक्स्चरको फिल्म निर्माण भएर प्रदर्शनमा आएको छ, हेर्नै पर्ने नेपाली सिनेमा बनेको छ ।  


 तर, यसका क्रिटिकले घरैपिँडालु , बनै पिँडालु , ससुराली जाँदा बाह्र  हातको पिँडालु भन्नेहरु पनि छन् ।  यसको कारण प्रस्तुति र हाँस्य भन्दा पनि राजनीतिक विषय बस्तुलाई लिएर होला भन्ने सहजै अनुमान गर्न सकिन्छ ।  अर्को कुरा सिनेमामा सकेसम्म सबै कुरा हुनु पर्छ भनिन्छ तर यसमा रोमान्सको अंश अलि जोडिदिएको भए सुनमा सुगन्ध हुने थियो भन्ने दर्शकहरुको पनि कमी छैन ।

(साँघु साप्ताहिक, २०८० चैत १२ गते)

प्रतिकृया दिनुहोस