• बुधबार-जेठ-२-२०८१

‘मुसा आपतकाल’ घोषणा गर्न माग

 

पछिल्लो समय मुसाको आतंक बढेपछि मजदुरहरुको युनियनले आपतकाल घोषणा गर्न सरकारसमक्ष आग्रह गरेकोे छ । बेलायतको औद्योगिक मजदुरहरुको सबैभन्दा प्रमुख संगठन जीएमबी युनियनले ठूला किरा र मुसाका कारण सरसफाईकर्मीहरुलाई काम गर्न कठिनाई भएको बताएको छ । जीएमबी युनियनले ग्लास्को सिटी काउन्सिललाई आपतकाल घोषणा गर्न आग्रह गरेको हो ।

 

यो समस्या देशभरी नै फैलिन थालेको छ । सेफिल्डमा विशाल मुसाहरुको आक्रमणकै कारण विद्यार्थीहरुले होस्टल भाडा नतिर्ने धम्की समेत दिएका थिए । यस विषयमा दी ब्रिटिश पेस्ट कन्ट्रोल एसोसिएसनले पनि चासो देखाएको छ ।

(साँघु साप्ताहिक, २०८१ वैशाख १७)
 

प्रतिकृया दिनुहोस