• शनिबार-श्रावण-१७-२०८२

गोकर्णमा जुवा खेलिरहेको अवस्थामा बेल कुमार खड्का समेत २२ जना पक्राउ

काठमाडौं, ३२ जेठ गोकर्णेश्वर नगरपालिका-४ गोकर्ण माईतीनेपाल चोकस्थित कमला पौडेलको जस्ताको टहरामा जुवा (कौडा) खेलिरहेको अवस्थामा काठमाडौं कपन बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-१ घर भएका ४० वर्षीय बेल कुमार खड्का समेत २२ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

 

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नगद ३ लाख ६६ हजार ३ सय ८५ रूपैयाँ र ८ थान कौडासहित पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएकाे छ ।

 

 

प्रतिकृया दिनुहोस