• आइतबार-बैशाख-२१-२०८२

मंगलबार मधेस प्रदेशमा सार्वजनिक बिदा

 

जनकपुरधाम । मधेश प्रदेश सरकारले यही २०८२ वैशाख २३ गते अर्थात मंगलबार सार्वजनिक बिदा दिएको छ ।


मधेस प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै वैशाख २३ गते  मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिने जनाएकाे हाे ।


वैशाख २३ गते  मंगलबार जानकी नवमी (सीता जयन्ती) काे अवसरमा उक्त बिदा दिने निर्णय भएकाे मन्त्रालयले जनाएकाे छ।

 

साथै, आगामी जेठ २८ गते कविर दास जयन्तीका अवसरमा पनि सार्वजनिक बिदा दिने निर्णय भएको जारी सूचनामा उल्लेख छ ।

प्रतिकृया दिनुहोस