काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नारायणी अस्पताल वीरगंजका तत्कालिन प्रमुख मेडिकल सुपरिटेन्डेन्टसंजय कुमार ठाकुरसहित पाँच जनाविरुद्ध निर्माण ठेक्कामा अनियमितता गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।
अख्तियारले अस्पतालको आकस्मिक कक्ष भवन निर्माणको ठेक्कामा प्रकृयामा एक करोड ८४ लाख ३८ हजार ४५८ अनियमितता गरेको आरोपमा तत्कालिन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट ठाकुरसहित इन्जिनियर राजेन्द्र शाह र सकुर अन्सारी, नासु शुशीलप्रसाद यादव र लेखापाल सुदिप कुमार माझि, ठेक्का मुल्यांकन समितिका संयोजक डा. विरेन्द्रबहादुर प्रधान र सदस्य सचिव माधवी चौधरी माथी मुद्दा दर्ता गरेको हो ।
अख्तियारका अनुसार मिसन कन्स्ट्रक्सन एण्ड सप्लायर्सका प्रबन्ध निर्देशक तथा लुम्बिनी मिसन जेभीका प्रतिनिधि जगत बुढा, लुम्बिनी बिल्डर्सका तत्कालिन प्रबन्ध निर्देशक विष्णुप्रसाद शर्माविरुद्ध मुद्धा दायर गरिएको छ।
प्रतिकृया दिनुहोस