• सोमबार-जेठ-५-२०८२

सुनको मूल्य बढ्दा चाँदी स्थिर, कतिमा हुँदैछ कारोबार ?

 

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ६ सय रुपैयाँले वृद्धि भएको छ । 

 

आइतबार १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन आज १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।

 

यसैगरी आज चाँदीको मूल्य  भने स्थिर रहेको छ । आइतबार १९ सय ४५ रुपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ ।
 

 

प्रतिकृया दिनुहोस