• आइतबार-असार-८-२०८२

३२.९३ अंकले घटेर २६ सय बिन्दुभन्दा तल झ¥यो नेप्से


काठमाडौं । नेप्से परिसुचकको ओरालो यात्रा कायमै छ । यसअघि लगातार तीन कारोबार दिन लगातार घटेको नेप्से आज (आइतबार) सातको पहिलो कारोबार दिन पनि नेप्से परिसूचक ३२.९३ अंक घटेर २५९५.९७ विन्दुमा झरेको छ ।


यस दिन सेन्सेटिभ इण्डेक्स ५.३८ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८५ अंकले घटेको छ ।


गत बिहीबार ११ अर्ब २३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ३१० स्टकको ८७ हजार ३०२ पटकको कारोबारमा ९ अर्ब १४ करोड ५८ लाख ५८ हजार रुपैयाँबराबरको २ करोड १५ लाख ४७ हजार ५५ कित्ता शेयर खरिदबिक्री भएको छ ।


आज जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्यमा मात्रै सकारात्मक सर्किट लागेको छ । सो कम्पनीको शेयरमूल्य यस दिन ३१.६२ रुपैयाँले बढेर ३४८.६० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यस्तै, यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको पियोर इनर्जीको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ ।


कारोबार रकमका आधारमा यस दिन दोर्दी खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ७५ करोड ७३ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, यस दिन बुटवल पावर कम्पनीको साढे ७४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने राधी विद्युत कम्पनीको साढे ४९ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।


यस दिन १३ वटै उपसमूहको परिसूचक घटेका छन् । जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.०५ प्रतिशत घटेको छ । त्यस्तै, यस दिन जलविद्युत उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी घटेको छ भने वित्त, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

प्रतिकृया दिनुहोस