• सोमबार-असार-१६-२०८२

 मदन भण्डारीमाथि ओलीको मनगढन्ते कथाकाे रहस्य के हो ?

मदन जबजका जन्मदाता होइनन् भन्ने जिकिर एमालेकाे हितमा छ ?

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले २०८२ असार १४ गते मदन भण्डारी जन्मजयन्तीको दिन तीन वटा कुरा निकै रोचक रुपमा प्रस्तुत गरेका थिए । स्पेन भ्रमणमा निस्कनुअघि राष्ट्रिय सभागृहमा भेला भएका एमाले नेता कार्यकर्तालाई रोचक लाग्ने गरी तीनवटा कुरा बताए ।

एउटा थियो, मदनका चारवटी श्रीमती थिए । भूमिगतको समयमा मदन भण्डारीका चारवटी श्रीमती भएको भन्दै मान्छेहरुले टिप्पणी गर्ने गरेको अध्यक्ष ओलीको भनाइ थियो ।

एमाले कार्यकर्ताका लागि मात्रै होइन संसारका लागि अपाच्य–'सहकारी ठग' आरोप । ओलीले मदन भण्डारीलाई त्यतिबेला सहकारी ठगेको आरोप पनि लाग्ने गरेकाे  कुरा पनि ३० वर्षपछि जबर्जस्ती निकालेर मानमर्दन गर्न भ्याए ! 

ओलीले मदनको विषयमा भनेको यो कुरा अहिलेसम्मकै नयाँ खाले थियो । किनभने एमाले नेताहरुमात्र होइन, उनीसँग संगत गरेका कसैले पनि यो विषयमा सार्वजनिक टिप्पणी गरेका थिएनन् । त्यसैले ओलीले भनेको यो कुरालाई निकै काल्पनिक र रोचक रुपमा हेरिएको छ ।

अर्को कुरा थियो, एमाले कार्यकर्ताका लागि मात्रै होइन संसारका लागि अपाच्य–'सहकारी ठग' । ओलीले मदन भण्डारीलाई त्यतिबेला सहकारी ठगेको आरोप पनि लाग्ने कुराको कुरा पनि ३० वर्षपछि जबर्जस्ती निकालेर मानमर्दन गर्न भ्याए ! 


  विं स २०५० सालभन्दा अघि सहकारी अहिलेको रुपमा थिएनन् । केही हातमा गन्न मिल्ने सहकारी थिए त्यसमा पनि मदन जोडिने कुरा नै निकै रोचक मनगढन्त्य थियो । त्यसैले, अहिले ओलीले सहकारी ठग भन्ने अपुष्ट आरोप पनि निकै रोचक र अर्थपूर्ण रहेको छ । ओलीले भनेको तेस्रो कुरा थियो, महासचिव हामीले बनाएको हो । ओली त्यतिबेला निर्णायक तहमा थिएनन् । पाँचौ महाधिवेशनमा भण्डारी महासचिव भएका हुन् ।

 

त्यो बेला केन्द्रीय सदस्यमात्रै रहेका ओली खासमा भण्डारीसँग निकट पनि मानिदैन थिए । त्यसैले, उनले आफूहरुले महासचिव बनाएको भनेर झुठो दावी गरेका छन् । अझ त्यसमा रोचक कुरा चाहिँ जनताको बहुदलीय जनवाद (जबज)को कुरा चौथो महाधिवेशनमै भएको भन्दै मदन जबजका जन्मदाता होइनन् भन्ने अर्थ दिन खोजेका थिए । चौथो महाधिवेशनमा त झलनाथ खनाल महासचिव थिए । उनको पालामा जबजको कुरा उठेको एमाले नेताहरुले भन्ने गरेका छैनन् । 


त्यसैले, ओलीले किन यसरी पहिलोपटक मदनमाथि खनिएर टिप्पणी गरे भन्ने चाहिँ रहस्यमय देखिएको छ । ओलीले मदन भण्डारीकी श्रीमती विद्या भण्डारीले सक्रिय राजनीतिमा फर्किने घोषणा गर्ने तयारीको एउटै कार्यक्रममा त्यसरी मदनको विषवमन गर्नु र ओलीले मदनमाथि कथा हालेर मानमर्दन गर्नुको रहस्य पत्तो लगाउनु पर्ने एमालेका नेताहरु बताउछन् । 


त्यसो त, ओलीको भनाइलाई प्रत्यक्ष रुपमा काउन्टर ईश्वर पोखरेलले गरेनन् । तर, मदनको विषयमा सैद्धान्तिक रुपमा पोखरेलले जसरी बोलेका थिए, कार्यकर्ताको हुटिङमा बोलेका थिए । पोखरेलले नै विद्या भण्डारी राजनीतिक मान्छे भएकोले राजनीतिमा आउने दावी गरेका थिए । अनि, ओलीलाई ७० बर्षे उमेर हद र २ कार्यकालको कुरा सम्झाउने प्रयास गरेका थिए ।

 

त्यसैले, मदनको विषयलाई लिएर अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलवीच जसरी सवालजवाफ भएको छ, त्यसले एमालेभित्र बढ्दै गरेको धुव्रीकरणलाई पनि पुष्टि गरेको छ । कुनै बेला मदनको खास अनुयायी बताउने ओलीले अहिले किन उत्तेजित भएर विरोध गरे भन्ने प्रश्न एमालेभित्र उठ्न थालेको हो । त्यसको अपरोक्ष जवाफ भने पोखरेलले दिएका छन् । 
 

प्रतिकृया दिनुहोस