• शनिबार-असार-२८-२०८२

नास्तिकताबाट आध्यात्मिक यात्रासम्म (२) : सुसन मास्के र तीन पुस्ताको कथा !

 


छोरीको जन्म र एउटा जीवनमरणको घटनाले लेखिकाको ईश्वरप्रतिको दृष्टिकोणमा ‘यू टर्न’ ल्यायो । छोरीमा आमाको प्रतिविम्ब स्वरूप, छोरीको अनुहार आफ्नी आमासँग मिल्दोजुल्दो देखिनुले उनलाई ‘मृत्यु सम्पूर्ण समापन होइन रहेछ बरु निरन्तरता रहेछ, चक्र रहेछ’ भन्ने मेटाफिजिकल बोध गरायो । छोरीको नाम ‘आस्था’ (विश्वास) राख्नुले पनि यो परिवर्तनलाई संकेत गर्छ । 
“तेस्रो पुस्ताकी मेरी छोरी “आस्था”लाई पाएर, वर्षौं चलेको शीत युद्धले कठ्याङ्गिग्रएको मेरो छाति भित्र “आस्था”को सानो अँकुर फुटेको थियो ।’’ चारधाम यात्रामा आमा जस्तै देखिने एक महिलासँग बारम्बार भेट हुनु र उनले लेखिकालाई “बेटी’’ भनेर सम्बोधन गर्नुले लेखिकालाई यो अनुभव मेटाफोरिक लागेको छ । “के आमाजस्तै लाग्ने महिलासित चारधामको यात्रामा यसरी भेट भइरहनु मेटाफोरिक थिएन ?’’


जीवनमरणको घटना र 
ईश्वरको प्रत्यक्ष अनुभवः

 छोरी आस्थालाई उच्च ज्वरो आएर जीवनमरणको अवस्थामा पुग्दा उनले पुनः ईश्वरलाई पुकारिन् । उनी लाजिम्पाटको ढुंगाको मूर्ति (सायद गणेशको होला) समक्ष पुगिन ।  यस क्षणमा उनले ईश्वरलाई अदृश्य शक्ति नभई सहयोग गर्ने साइकलवाला केटा र ट्याक्सी चालक जस्ता व्यक्तिहरूमा अनुभव गरिन् । “के ईश्वरको अस्तितव थिएन त्यो साइकल चढेर हिड्ने किशोर केटामा ? जसले मैले केही नभने पनि मेरो लागि ट्याक्सी रोकिदिएको थियो ?’’ यो पढ्दा महाकवि लक्ष्मी प्रसाद देवकोटा समेत  नास्तिक रहेको र जीवनको उतराद्र्धमा आखिर  श्रीकृष्ण रहेछ एक, न भक्ति भो न ज्ञान विवेक...” भन्ने कविता मृत्यु शैय्याबाट अरुलाई लेखाउन लगाएको कुरा  रामहरि जोशीले आफ्नो पुस्तकमा लेखेका छन्, त्यसको स्मरण भयो ।  


 मातृत्व र आध्यात्मिकताको कुरा गर्दा, सुसनको अनुभवमा मातृत्वले महिलालाई नास्तिक रहन दिँदैन । “आमा बने पछि शायदै कोही स्त्री नास्तिक भइरहला । यो मेरो अनुभव हो ।’’ यसले आमाको जिम्मेवारीले व्यक्तिलाई अदृश्य शक्तिमा विश्वास गर्न प्रेरित गर्छ भन्ने देखाउँछ । अज्ञात ईश्वरको स्वीकारः अहिले उनले ले ईश्वरलाई कुनै निश्चित नाम वा स्वरूपमा नभई “अव्यक्त अक्षर’’, “अनन्त प्रभु’’, “अज्ञात’’, “अस्तित्व’’ वा “ऊर्जा प्रकाश’’को रूपमा स्वीकार गर्छिन्कि जस्तो उनको लेखबाट देखिन्छ । 


 उनलाई ईश्वरको अस्तित्व नभए पनि वा काल्पनिक भए पनि फरक पर्दैन । उनको आध्यात्मिकता अझ फराकिलो र उदार बनेको छ, जसले उनलाई निरन्तर सत्यतर्फ डो¥याइरहेको महसुस हुन्छ । “मेरो ईश्वर अज्ञात छन् तर सबैतिर सबै कुरामा धेरै प्रकट पनि छन ।’’


 अन्धविश्वासको पुस्तान्तरण र अन्तरप्रेरणा (क्ष्लतगष्तष्यल)को सन्दर्भमा समेत  आध्यात्मिकतासँगै केही अन्धविश्वासहरू पनि कसरी पुस्तान्तरण हुँदै आएका छन् भन्ने रोचक विषयलाई यसमा समेटिएको छ । बुधबारको अन्धविश्वासमा सुसन को आमाको बुधबार नयाँ काम थाल्नु हुँदैन भन्ने विश्वास थियो, किनकि त्यस दिन थालेका काम बिग्रन्छन् वा ढिलो हुन्छन् । यो अन्धविश्वास लेखिका र उनको छोरी आस्थामा पनि सरेको छ। “यो काम त कस्तो अडेकेको पक्कै बुधवार पो शुरु गरेको थिए होला ।’’ मंगलबारको शुभ साइतः यसको विपरीत, मंगलबारलाई शुभ दिन मानिन्थ्यो र यस दिन थालेका काम सजिलै पूरा हुन्छन् भन्ने विश्वास थियो ।


अन्धविश्वास कि अन्तरप्रेरणा ?ः उनले यसलाई अन्धविश्वास मात्र नभई आमाको “इनटुशन जागृत थियो’’ वा उनी “साइकिक’’ थिइन् कि भनेर प्रश्न गर्छिन् । “इन्टूशन के अन्तर प्रज्ञा होइन र ?’’ उनले आमाका केही अन्धविश्वासहरू (जस्तैः छोराहरू डाक्टर इन्जिनियर बन्ने, कालो कुखुरा मर्नु) सही प्रमाणित भएको उदाहरण सहित प्रस्तुत गरेका छन् ।


 पुस्तान्तरणको प्रमाणस्वरूप बुधबारको अन्धविश्वासले तीन पुस्ता (आमा, लेखिका र छोरी आस्था) मा निरन्तरता पाएको छ । ग्रीक संस्कृतिमा पनि बुधबार नयाँ काम नगर्ने चलन हुनुले यसको विश्वव्यापी प्रकृति र यसमा रहेको गहिरो अर्थको खोजी गर्न उन लाई प्रेरित गरेको छ। “यस्ता पुख्र्यौली अन्धविश्वासले भने कहिलेकाही कसै कोहीको अनुभवमा पनिओर्लिएर, विश्वास बन्दै पुस्तौ पुस्ताको यात्रा भने गर्दो रहेछ । पुरनावृति पाउदो रहेछ ।’’  

 

सुसन मास्केय्ले आफ्नो यस  श्रृंखलामार्फत  केवल एक व्यक्तिको आध्यात्मिक यात्राको कथा मात्र नभएर, कसरी पारिवारिक पृष्ठभूमि, सांस्कृतिक मूल्यमान्यता र व्यक्तिगत अनुभवहरूले आध्यात्मिकता र विश्वास प्रणालीलाई आकार दिन्छ भन्ने कुराको एक गहन अध्ययन को विवेचना र झल्को ममात्र  होइन विश्लेषण रनुभुतिलाई समेत प्रतिबिम्बित गरेका छन् । यसले आध्यात्मिकतालाई स्थिर नभई समय, अनुभव र व्यक्तिगत विकाससँगै विकसित हुने एक गतिशील प्रक्रियाको रूपमा प्रस्तुत गरेको छ । अन्धविश्वासहरूलाई पनि केवल तार्किक कुराको रूपमा नहेरी, अन्तज्र्ञान वा अवचेतन ज्ञानको रूपमा हेर्न सकिने नयाँ दृष्टिकोण प्रस्तुत गरिएको छ । 


समग्रमा,  उनले आफ्नी आमाको आध्यात्मिकतालाई नै आफ्नो मार्गको रूपमा अँगालेकी छिन्, जसले पुस्तान्तरणको शक्तिलाई पुष्टि गर्दछ । लाजिम्पाटको त्यो सानो ढुंगाको गणेश को मूर्ति सायद त्यो चौराहमा छ ले उनको सोचमा आएको १८० डिग्रीको परिबर्तन चाख लाग्दो , कारुणिक र तर्क संगत छ । हाम्रै समकालीन भएकोले पनि उनि विद्यार्थीकालमा कम्युनिस्ट विचारधारा बाट अभिप्रेरित  र प्रगतिशील गीति नाटक “सिम्मामा मुख्य महिला पात्र सिम्माका लागि पाश्र्व गायन सुसन मास्केले गाएकी थिइन ।

 

यसको अलावा, विश्वविद्यालयलगायत अन्य सांस्कृतिक  कार्यक्रममा  समेत उनको बेजोड प्रस्तुति धर्म भन्दा राजनैतिक सचेतना आदि, जस्तै पाल्पामा जन्मेका रामेशले रचेका “गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ... जस्ता गीतहरु हुने गरेको स्मरण हुन्छ । राल्फा समूहबाट उनी बढी  प्रभावित थिइन् कि भन्ने तत्कालीन अवस्थामा अनुभूत हुने गर्दथ्यो । समाप्त,

(स्रोत : आध्यात्मिकता र अन्धविश्वासको पुस्तान्तरण, https://bisthapitpatrakar.wordpress.com/2023/12/15/gotha-ko-cha-tinpusta-bhag-13/  (साँघु साप्ताहिक, २०८२ असार २३)

प्रतिकृया दिनुहोस