काभ्रेको पाँचखाल र तीनपिप्ले नजिक रहेको अरनिको राजमार्गको संवेदनशील क्षेत्रको सुरक्षा अहिले जोखिममा परेको छ।
उक्त क्षेत्रको जोखिम पहिचानको लागि राखिएको सङ्केत बोर्ड हाल भाँचिएले चालक र यात्रुहरूको सुरक्षा जोखिममा परेको हो ।
स्थानीय बासिन्दाहरूका अनुसार, उक्त सङ्केत बोर्डको भाँचिनु र त्यसलाई चाँडो मर्मत नगर्नु निकै चिन्ताजनक विषय बनेको छ।
सङ्केत बोर्डहरूले यस क्षेत्रका चालकहरूलाई दुर्घटना संभावित क्षेत्रको बारेमा सचेत गराउने महत्त्वपूर्ण भूमिका निभाउँदै आएका थियो । तर, अब यसको अभावले चालकमध्ये धेरैको ध्यान नपुग्न सक्ने अवस्था सिर्जना भएको छ।
दुःखको कुरा, यो क्षेत्र दुर्घटनाका हिसाबले अत्यन्तै संवेदनशील मानिन्छ। हालसम्म त्यहाँ दर्जनौँ दुर्घटनाहरू भइसकेको छ, कयौँ जीवनको क्षति भएको छ। यस्तो अवस्थामा, दुर्घटना क्षेत्रको सुरक्षामा बेवास्ता गर्नुले अझ बढी जोखिम निम्त्याउन सक्ने देखिन्छ ।
स्थानीय प्रशासन र यातायात विभागले यो स्थितिलाई चाँडो समाधान गर्नका लागि पहल गर्नुपर्नेमा अझै मौन देखिन्छ । सङ्केत बोर्डको मर्मत वा नयाँ बोर्ड राख्नका लागि तत्काल कदम चालेमा मात्र भविष्यमा थप दुर्घटनाहरूबाट बच्न सकिन्छ।
अरनिको राजमार्गलाई सुरक्षित बनाउन सम्बन्धि निकायले ध्यान दिन आवश्यकता छ।
प्रतिकृया दिनुहोस