काठमाडौँ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ८ बोडे सन्टीटारमा आज बिहान एकै ठाउँमा दुई युवतीको शव फेला परेको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता ढुण्डिराज न्यौपानेका अनुसार चक्रधर प्रजापतिको घरमा डेरा गरी बस्ने सुर्खेत पञ्चपुरी न.पा ८ की १७ वर्षीया मेनुका कडेल र उनकी बहिनी १५ बर्षीया श्रृजना कँडेल डोरीको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
उनीहरु प्रजापतिको दुई तले घरको भुईं तलामा १५ दिनदेखि डेरामा बस्दै आएका थिए ।
प्रतिकृया दिनुहोस