• शुक्रबार-श्रावण-२३-२०८२

भारतीय मन्त्री सोनोवाल काठमाडौँमा


काठमाडौँ । कालीबाबाको संकल्पमा पशुपति हंसमण्डपमा सञ्चालन भइरहेको श्री दशमहाविद्या रूद्रहवन महायज्ञमा सहभागी हुन भारतका जल परिवहनमन्त्री सर्वानन्द सोनोवाल नेपाल आएका छन् । 

 

कालीबाबाको संकल्पमा भइरहेको महत्त्वपूर्ण महायज्ञमा सहभागी हुन भारतीय मन्त्री काठमाडौं आएको आयोजक समितिका संयोजक अशोक गौतमले जानकारी दिए ।

 

मन्त्री सोनोवाल कालीबाबाका भक्त पनि हुन् । सोनोवाल असमका मुख्यमन्त्री समेत भइसकेका व्यक्ति हुन् । नरेन्द्र मोदी क्याविनेटका १४ औं बरियतामा रहेका मन्त्री सोनोवल आजै फर्किने कार्यतालिका रहेको गौतमले बताए । 

 

श्री १००८ महामण्डलेश्वर कृष्णानन्द परमहंस स्वामी कालीदास (कालीबाबा)को उपस्थितिमा पशुपतिको हंसमण्डमा श्री दशमहाविद्या रूद्रहवन महायज्ञ भइरहेको छ ।
 

 

 

प्रतिकृया दिनुहोस