• शुक्रबार-श्रावण-२३-२०८२

कम रक्तचाप भएको अवस्थामा के खानुपर्छ

 

मानिसहरुमा उच्च रक्तचापका साथसाथै कम रक्तचापको समस्या पनि बढिरहेको छ । कम रक्तचाप भएको अवस्थामा शरीरमा धेरै प्रकारका लक्षणहरू देखिन्छन्, जस्तै चक्कर लाग्ने र आँखामा अँध्यारो हुने । केहीमा छिटो पसिना आउने, तातो महसुस हुने र गम्भीर अवस्थामा बेहोस हुने पनि हुन्छ । यस्ता लक्षणहरूलाई बेवास्ता गर्नु कहिलेकाहीं महँगो पर्न सक्छ । कम रक्तचापको कारणले गर्दा मानिसलाई पक्षघात हुने र कोमामा जाने समस्या पनि हुनसक्छ । केही यस्ता भोजनहरु छन् जसले कम रक्तचापलाई नियन्त्रित गर्न ठूलो भूमिका खेल्छन् । जस्तै, 


तरल पदार्थ र इलेक्ट्रोलाइट्स : चिकित्सकहरुले रक्तचाप कम भएमा तरल पदार्थ पिउन सिफारिस गर्छन्, किनकि डिहाइड्रेसन कम रक्तचापको सबैभन्दा ठूलो कारण हुन सक्छ । त्यसैले, शरीरमा कम रक्तचापको लक्षणहरू महसुस हुने बित्तिकै तुरुन्तै पानी पिउनुपर्दछ ।  साथै, तातो दुध पनि तुरुन्तै उपयोगी साबित हुन्छ । यस बाहेक धेरै इलेक्ट्रोलाइट्स प्रदान गर्ने अर्थात् सोडियम, पोटासियम, क्याल्सियम र म्याग्नेसियम भएका चीजहरू सेवन गर्नुपर्दछ । उदाहरणका लागि नरिवल पानी, दही, एभोकाडो र काँक्रो जस्ता चीजहरू खान सकिन्छ । तरल पदार्थले शरीरलाई हाइड्रेट गरेर रक्तचाप सन्तुलनमा राख्न मद्दत गर्दछ ।


दाल : कम रक्तचापका बिरामीहरूका लागि दालको सेवन धेरै उपयोगी साबित हुन सक्छ । दाल एक प्रोटीन हो जसले शरीरलाई तुरुन्तै ऊर्जा दिनुका साथै शरीरलाई हाइड्रेट गर्न मद्दत गर्दछ । यसबाहेक दालले शरीरको लागि इलेक्ट्रोलाइटको रूपमा पनि काम गर्दछ । साथै, कम रक्तचापका कारण रक्तअल्पता समस्या पनि हुनसक्छ । यस्तो अवस्थामा दाल जस्ता आइरनयुक्त खानेकुराहरू खानु धेरै फाइदाजनक छ ।


नुनको सेवन : कम रक्तचापका बिरामीहरूका लागि खानामा नुनको मात्रा थोरै बढाउनाले पनि मद्दत गर्न सक्छ । जब रक्तचाप कम हुन्छ, नुन खानु र पानी पिउनु पनि उपयोगी हुन सक्छ । यदि अरू केही छैन भने एक गिलासमा आधा चम्चा नुन, एक चम्चा चिनी र पानी मिसाएर पिउनु पनि तुरुन्तै रक्तचाप सन्तुलनमा मद्दत गर्न सक्छ ।


सुप : कम रक्तचापका बिरामीहरूका लागि सुप पिउनु धेरै उपयोगी हुन सक्छ । किनभने सुप लसुन, अदुवा, कालो मरिच, नुन र पानीसँगै तरकारीहरू मिलाएर बनाइएको तरल पदार्थ हो । यसले तुरुन्तै ऊर्जा प्रदान गर्नुका साथै रक्तचाप सन्तुलनमा राख्न मद्दत गर्छ । यति मात्र होइन सुपले डिहाइड्रेसनको समस्यालाई पनि कम गर्छ, जसले रक्तसञ्चारमा सुधार ल्याउँछ । त्यसैले रक्तचाप कम हुँदै गएको अवस्थामा तातो सुप पिउनु उपयुक्त मानिन्छ । 


खजुर : कम रक्तचाप भएकाहरूमा खजुर खानुका धेरै फाइदाहरू छन् । खजुरको विशेष कुरा के हो भने खजूरमा पोटासियमको राम्रो मात्रा हुन्छ, जसको कारण यो कम रक्तचाप भएकाहरूका लागि फाइदाजनक हुन सक्छ । यसले सोडियमको प्रभावलाई कम गरेर रक्तचाप सन्तुलनमा राख्न मद्दत गर्छ । खजुर फाइबर र एन्टिअक्सिडेन्टको राम्रो स्रोत हो, जुन मुटुको स्वास्थ्यको लागि लाभदायक मानिन्छ ।


क्याफिनयुक्त पदार्थहरू : कम रक्तचापको समस्यामा चिया र कफी जस्ता चीजहरूको सेवन केही हदसम्म उपयोगी हुन सक्छ । यसबाहेक क्याफिनयुक्त डार्क चकलेटले पनि मद्दत गर्द छ । चिया वा कफीमा रहेको क्याफिनले छोटो समयको लागि राहत दिन सक्छ, तर यसलाई थोरै मात्रामा सेवन गर्नुपर्छ ।


कम रक्तचापको समस्याबाट बच्नका लागि नियमित कम खाना खानुपर्दछ । यसले अचानक कम रक्तचापको समस्यालाई रोक्न सक्छ । यस बाहेक, अण्डा, माछा र दूध जस्ता भिटामिन बी१२ युक्त खानेकुराहरूले स्वस्थ रक्त प्रवाहमा मद्दत गर्दछ । यदि कम रक्तचाप रक्तअल्पताको कारणले हो भने आइरनयुक्त खानेकुराहरू जस्तै सागसब्जी, तरकारीहरू र सबै प्रकारका दालहरू उपयोगी हुन्छन् । यी सबै कुराहरू बाहेक,सधैं पर्याप्त प्रोटिन, फलफूल र तरकारीहरू सहितको सन्तुलित आहार खानुपर्दछ । यदि रक्तचाप बारम्बार कम रहन्छ भने चिकित्सकसँग सल्लाह लिनु महत्वपूर्ण हुन्छ । (साँघु साप्ताहिक, २०८२ साउन १९)
 

प्रतिकृया दिनुहोस